पोखराको खानेपानी ड्याममा डुबेर २ बालकको मृत्यु
बिहीबार, १५ जेठ २०८२, १६ : ०८
पोखरा । पोखरामा आउने खानेपानीको ड्याममा डुबेर २ बालकको मृत्यु भएको छ । पोखरा २५ स्थित मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा बेपत्ता भएका उनीहरू मृत भेटिएका हुन् ।
दुवै जनाको शव बिहीबार दिउँसो सशस्त्र प्रहरी बलको गोताखोर टोलीले निकालेको छ । ज्यान गुमाउनेमा माछापुच्छ्रे गाउँपालिका–६ का १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियार छन् ।
उनीहरू दिउँसो पौने २ बजे खोलामा पौडी खेल्ने क्रममा डुबेका थिए । घटनाको जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण, कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र कटवालको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण