एसइई प्रदेशबाट सञ्चालन गर्ने सरकारकाे घोषणा
बिहीबार, १५ जेठ २०८२, २१ : ५५
_XwJZjzsoAf.jpg)
काठमाडौँ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) प्रदेशबाट सञ्चालन गर्ने घोषणा गरेको छ । बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै एसइई प्रदेशबाट सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
यसअघि राष्ट्रिय परीक्षा बोर्डमार्फत परीक्षा सञ्चालन हुँदै आएको छ । बोर्डले परीक्षाको लागि प्रश्न पत्र तयार पार्ने र नतिजा सञ्चालनको काम गर्दै आएको छ । सरकारको यो घोषणासँगै सम्पूर्ण जिम्मेवारी नै प्रदेशमा जानेछ ।
बोर्डले २०७८ सालमै राष्ट्रिय परीक्षा बोर्ड नियमावली २०७६ संशोधन गर्दै एसइई परीक्षा सञ्चालन गर्ने जिम्मा प्रदेश सरकारलाई दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहका कर्मचारी आन्दोलित : कर्णाली सरकारद्वारा वार्ता समिति गठन
-
म्यानचेस्टर युनाइटेड छाडेर अल–हिलालमा आबद्ध हुँदै ब्रुनो फर्नान्डेज
-
रौतहटको मिठुअवामा खेल मैदान बन्ने
-
फेवातालको क्षेत्रफल १२ सय रोपनी थपियो, शनिबारदेखि सिमानामा पोल गाडिने
-
११ महिनापछि शेखर–गगनबिच भेटवार्ता
-
बढुवा भएका ११ डीआईजीको पदस्थापन, कसले पाए कहाँको जिम्मेवारी ? (सूचीसहित)