के गर्दैछ बाम गठबन्धन ?
काठमाडौं–मंगलबार गठबन्धन बनाएर आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा होमिएको बाम गठबन्धनले उम्मेदवार छनोट र निर्वाचन क्षेत्रको निक्र्योलको कामलाई चाडै टुङग्याउने गरी काम गर्ने बताएको छ ।
गठबन्धनले बनाएका दुई छुट्टाछुटै कार्यदलले आफ्नो काम समयसीमा भित्रै सक्नेगरी काम गरिरहेको जनाएका छन् । यद्यपी आज ४ बजे बस्ने गबन्धनको बैठकपछि कामलाई तीव्रता दिइने कार्यदलका सदस्यहरुले बताएका छन् ।
‘हिजो काम र प्रकृयाबारे सामान्य छलफल भयो, अव आज बेलुका गठबन्धनको बैठक बस्छ त्यसपछि कामले तीव्रता पाउँछ’ उम्मेदवार छनोट कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले रातोपाटीलाई बताए ।
एमाले महासचिव ईश्वर पोखरेलको नेतृत्वमा गठन भएको कार्यदलले प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गर्ने कार्यादेश पाएको छ भने उपाध्यक्ष बामदेव गौतम नेतृत्वको कार्यदलले चुनावी घोषणा पत्र मस्यौदा बनाउने जिम्मा पाएको छ । आफ्नो काम सक्न पोखरेल नेतृत्वको कार्यदलले तीनदिन (असोज २२) गतेसम्मको म्याण्डेट पाएको छ भने गौतम नेतृत्वको कार्यदललाई असोज २७ गतेसम्मको डेटलाइन तोकिएको छ ।
एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी सम्मिलित ‘बाम गठबन्धन’ गठन भएको थियो । यो गठबन्धन घोषणा भएको दोस्रो दिन बैठक बसि दुवै कार्यदललाई समयसीमासहित म्याण्डेट दिएको थियो । ‘बिहिबारबाटै हाम्रो कार्यदलले आफ्नो कामलाई तिव्रता दिएको छ’ कार्यदलका नेता नारायणकाजी श्रेष्ठले भने । दुई पार्टीबीच ६०÷४० को आधारमा उम्मेदवार चयन गर्ने यसअघि नै सहमति भइसकेको छ ।
नयाँ शक्तिलाई आवाश्यक्ताका आधारमा केही सिट दिने गठबन्धनको तयारी छ । गठबन्धनले उम्मेदवार चयनका लागि तीनवटै पार्टी सम्मिलित ७ सदस्यीय निर्वाचन क्षेत्र उम्मेदवार निर्धारण समिति बनाएको थियो । सो कार्यदलमा दुवै पार्टीका अध्यक्षसहित एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, माओवादी केन्द्रबाट रामबहादुर थापा, नेताहरु वर्षमान पुन र मातृका यादव तथा नयाँ शक्ति पार्टीका नेता गंगा श्रेष्ठ छन् ।
चुनाव घोषणापत्र मस्यौदा कार्यदलमा एमालेका उपाध्यक्ष वामदेव गौतम, भीम रावल, प्रदीप ज्ञवाली, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, विश्वभक्त दुलाल ‘आहुति’ तथा नयाँ शक्तिबाट डम्बर खतिवडा छन् ।
‘घोषणापत्र मस्यौदा तयार गर्न हाम्रो टोली निरन्तर खटिरहेको छ सकभर समयसीमा अघि नै तयार गर्ने गरी काम भइरहेको छ’ नेता प्रदिप ज्ञवालीले रातोपाटीलाई बताए । स्थानीय तहको चुनावमा आएको मत परिणामका आधारमा उम्मेदवार र क्षेत्र चयन गर्नुपर्ने पक्षमा एमाले छ भने माओवादी सवै जिल्लामा प्रतिनिधित्व हुनेगरी क्षेत्र विभाजन गर्नुपर्ने पक्षमा छ ।
समानुपातिकतर्फ भने तीनै पार्टीले आ–आफ्नो सूचि बनाउने छन् । असोज मसान्तभित्र समानुपातिक तथा कात्तिक ५ गते प्रत्यक्ष निर्वाचनका उम्मेदवारको सूचि निर्वाचन आयोगमा बुझाउने कार्यतालिका छ । आगामी मंसिर ५ र २१ गते हुने प्रतिनिधि सभा निर्वाचन तर्फ १६५ र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्र कायम गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवाको ब्रिफिङ : गठबन्धनमा समस्या छैन, ओलीले छोडेर गए त के लाग्छ र !
-
महानगरबाट अहिलेसम्म ५२ हजार ७ सय ४० ले निःशुल्क कानुनी सेवा लिए : उपप्रमुख डंगोल
-
विवादकाबिच अभिनेत्री सुरक्षा पन्तले पोस्ट गरिन् अनौठो तस्बिर
-
सांसदहरूलाई कोष होइन, अधिकार सम्पन्न बनाउनुपर्छः विनोद चौधरी
-
नेपाल टी–१० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण जेठमा
-
जोय थापाको अलराउन्ड प्रदर्शनमा एन्जल्स हार्टले विसडमलाई हरायो