आरआर क्याम्पसमा तोडफोड गर्ने नेविसंघका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ । प्रदर्शनी मार्गमा रहेको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा तोडफोड गरेको अभियोगमा नेविसंघका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
वैशाख २२ गते नेविसंघका नेता तथा कार्यकर्ताहरूले आरआरमा तोडफोड गरेका थिए । तोडफोडमा संलग्न १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । क्याम्पस प्रशासनले दिएको जाहेरीका आधारमा प्रहरीले १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
आरआर क्याम्पसमा स्ववियुको विषयलाई लिएर नेविसंघका कार्यकर्ताहरूले तोडफोड गरेका थिए । निर्वाचन समितिले अनेरास्ववियुबाट स्ववियु अध्यक्षका उम्मेदवार बनेका लोकेश खड्काकाे अध्यक्षतामा स्ववियुको नयाँ कार्यसमिति चयन गरेको थियो ।
सर्वपक्षीय रूपमा विभिन्न विद्यार्थी सङ्गठनहरूबिच भागबन्डा गरेर स्ववियु कार्यसमिति चयन गरिएको थियो । नेविसंघको तर्फबाट स्ववियु सचिवमा शैलेन्द्र उपाध्याय चयन भएका थिए । उक्त कार्यको विरोध गर्दै नेविसंघबाट स्ववियु अध्यक्षका उम्मेदवार बनेका विनोदराज जोशीसहितका ६ जना उम्मेदवारहरूले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै लिखित जवाफ माग गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण