चिनियाँ खोप लगाउने अभियान आजदेखि स्थगित

काठमाडौं—कोरोनाविरुद्धको भेरोसेल खोप अभियान सरकारले बिहीबारदेखि स्थगित गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने अभियान वैशाख १६ गते अर्थात आजबाट स्थगित गरेको प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले बताए ।
परिवार कल्याण महाशाखा अन्र्तगत खोप शाखाले यस अघि १६ गते भेरोसेल खोपको पहिलो मात्रा लगाइने जानकारी दिएपनि बुधबारबाटै स्थागित गरेको हो । भेरोसेल खोप चीन सरकारले ८ लाख डोज नेपाल सरकारलाई अनुदान सहयोगमा उपलब्ध गराएको थियो । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज मध्ये पहिलो मात्रामा ४ लाखलाई चैत्र २५ गतेदेखि ७ जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका २३ स्थानमा खोप अभियान सञ्चालन गरिएको थियो । उक्त खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई दिइएको थियो ।
यस्तै भेरोसेल खोप यस्तै यसअघि लगाउन छुटेका अग्रपङ्क्तिमा खटिने जनशक्ति, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधि, फलफूल र तरकारी व्यवसाय गर्ने व्यक्तिहरुले लगाएका छन । चिनियाँ भेरोसेल खोप करिब ३ लाखले लगाएपछि उपत्यकाका सिमित अस्पतालबाट आम सर्वसाधारण १८ देखि ५९ वर्ष उमेर समूहका नागरिकले लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेश : नीति तथा कार्यक्रम स्वीकृत
-
लागु औषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
-
जेठ १५ र १९ गते बसेकाे मन्त्रिपरिषद् बैठकका १४ निर्णय सार्वजनिक (सूचीसहित)
-
सभामुखले बोलाएको प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन
-
केन्द्रीय चलचित्र जाँच समिति सदस्यमा गिरी नियुक्त
-
३८ वटा बोरामा प्याक गरी लुकाई छिपाई राखेको गाँजा बरामद