सभामुखले बोलाएको प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन
सारांश
- सभामुखको आह्वानमा बसेको दलका प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन भयो।
- विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिनको माग गरे भने सत्तापक्षले मानेन।
- सहमति नहुँदा प्रतिनिधिसभाको अवरोध कायमै रहने संकेत देखिएको छ।
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा रहेको अवरोध हटाउन सभामुख देवराज घिमिरेको आह्वानमा बसेको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन भएको छ । संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा सत्तापक्ष र विपक्षी आ–आफ्नो अडानमा टसमस नगरेपछि बैठक विना निष्कर्ष सकिएको सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ ।
प्रतिनिधिसभा बैठकअघि सभामुखले दलका सचेतकहरूसँग गरेको छलफलमा विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति वा न्यायिक छानबिन समिति बनाउनुपर्ने अडान कायमै राखे । सत्तापक्ष समिति गठनको लागि तयार भएन । सहमति नभएकाले बैठक अवरोध गर्ने जानकारी विपक्षीहरूले गराएपछि बैठक विना निष्कर्ष सकिएको हो ।
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक समिति वा संसदीय छानबिन समिति बनाउनुपर्ने विपक्षी दलहरूको माग सम्बोधन गर्न सत्ता पक्ष तयार नभएकाले अहिलेसम्म प्रतिनिधिसभामा रहेको अवरोध खुल्ने सङ्केत देखिएको छैन । मंगलबार दुई पटक सूचना टाँसेर बस्दै नबसी स्थगित भएको प्रतिनिधिसभा बैठक सभामुख देवराज घिमिरेले आज दिउँसो एक बजेका लागि बोलाएका थिए ।
तर, सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा रहेकाले कुनै सहमति बन्न सकेको छैन । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका विपक्षी दलहरू उच्चस्तरीय न्यायिक समिति वा संसदीय छानबिन समिति बनेको घोषणा भए संसद् चल्न दिने बताइरहेका छन् । तर, समिति बनाउन सत्तापक्ष तयार देखिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण