शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक निर्णय

जेठ १५ र १९ गते बसेकाे मन्त्रिपरिषद् बैठकका १४ निर्णय सार्वजनिक (सूचीसहित)

बुधबार, २१ जेठ २०८२, १४ : ३०
बुधबार, २१ जेठ २०८२

काठमाडौँ । जेठ १५ र १९ गते मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरिएका छन् । मन्त्रिपरिषद् बैठकले विभिन्न चार विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गरेको छ ।

जेठ १५ गते बसेको मन्त्रिपरिषद् बैठकले सडक सुरक्षा, हुलाक सेवा, गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समितिसम्बन्धी विधेयकको सिद्धान्त स्वीकृत गरेको हो । 

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले चार विधेयक तर्जुमाका लागि स्वीकृत गर्नुका साथै मन्त्री, सचिव र मेयरको विदेश भ्रमण पनि स्वीकृत गरिएको जानकारी दिए । जेठ १५ गते बसेको बैठकले ९ र १९ गते बसेको बैठकले ५ वटा निर्णय गरेको जानकारी दिए ।

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप