लागु औषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

समाचार सारांश
- विभिन्न जिल्लाहरूमा लागुऔषधसहित १८ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा गाँजा, ब्राउनसुगर, स्पास्मो, र ट्रामाडोल जस्ता लागुऔषधहरू फेला परेका छन्।
- मोरङ, बर्दिया, रूपन्देही, चितवन, ललितपुर, कैलाली, सर्लाही र कञ्चनपुरमा लागुऔषधसहित व्यक्तिहरू पक्राउ परेका छन्।
- प्रहरीले लागुऔषध ओसारपसार र प्रयोगमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । लागुऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ परेका छन् । मोरङ, बर्दिया, रुपन्देही लगायतका जिल्लामा लागुऔषधसहित १८ जना पक्राउ परेका हुन् ।
मोरङको विराटनगर महानगरपालिका– १५ एक नम्बर ढाँटबाट लागूऔषध स्पास्मो १ सय ४४ ट्याब्लेटसहित २ जनालाई मंगलबार साँझ प्रहरील पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही बुटवल उपमहानगरपालिका(३ बस्ने ४१ वर्षीया कौशी विश्वकर्मा र ३२ वर्षीया निशा सुनार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङकै जहँदा गाउँपालिका–१ पुरानो टोल बस्ने ५५ वर्षीय श्याम यादव र उनकै छोरा २५ वर्षीय शंकर यादव करिब २ किलोग्राम गाँजा र नगद ६८ हजार नेपाली रूपैयाँ, १८ हजार भारतीय रूपैयाँ र डिजिटल तराजु १ थानसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका– १८ मुसरी टोलमा इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीलाई देख्नासाथ तत्काल नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले बोरा फाली फरार भएको र बोरा तलासी गर्दा लागुऔषध गाँजा करिब ७ किलोग्राम बरामद भएको प्रहरीले जनाएको छ । थप अनुसन्धानको क्रममा उक्त घटनामा श्याम र शंकरको संलग्नता खुल्न आएकोले दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ ।
त्यस्तै बर्दियाको बढैयाताल गाउँपालिका– ८ कण्ठपुरबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका–८ बस्ने २५ वर्षीय श्रीकृष्ण श्रेष्ठ र २२ वर्षीय राजितराम चौधरी रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.५० प ७७३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई मंगलबार साँझ उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यता चितवनको रत्ननगर नगरपालिका–२ टाँडीबाट नाइट्राभेट ४६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३६ वर्षीय जयकिशोर शाहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट टाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित
पक्राउ गरेको हो ।
रूपन्देहीको रोहिणी गाउँपालिका(३ धकधईबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ४० मिलिग्राम र मोबाइल २ थान सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–३ परासीझुङ्गा बस्ने
२१ वर्षीय अशोककुमार गौतम र भारत उत्तर प्रदेश पर्सामलिक थाना मौहुलानी बस्ने ३० वर्ष य रामसुरत सहानी रहेका छन् ।
इलाका प्रहरी कार्यालय धकधई र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउगरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको युपी ५६ बीसी ४४५० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यसैगरी रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ शृजननगरबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम, नियन्त्रित लागूऔषध स्पास्मो ८ ट्याब्लेट र नाइट्राभेट ९ ट्याब्लेटसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय सन्तोष श्रेष्ठ र ३६ वर्षीय प्रकाश खत्री रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ ब्राईटचोक बस्ने २९ वर्षीय सुभाष भुजेललाई नियन्त्रित लागुऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै ललितपुरको गोदावरी नगरपालिका–१० प्याङगाउँबाट ट्रामाडोल ५ हजार ६० ट्याब्लेट र गाँजाजस्तो देखिने पदार्थ २० ग्रामसहित रौतहट चन्द्रपुर नगरपालिका–३ घर भएका २८ वर्षीय विजयकुमार स्याङ्तानलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी विट प्याङ्गाउँबाट खटिएको प्रहरीले बाराबाट काठमाडौँतर्फ आउँदै गरेको बा.६ च ६२८२ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको डिकीमा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी कार चालक
विजय कुमारलाई पक्राउ गरेको हो ।
उता कैलालीको टिकापुर नगरपालिका–१ बसपार्कबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ २ ग्राम ३ सय २० मिलिग्राम सहित सोही नगरपालिका–१ ब्लक नम्बर ७ बस्ने ३६ वर्षीय कमलप्रसाद बजगाईंलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै सर्लाहीको हरिपुर्वा नगरपालिका–६ बाट गाँजा करिब १० किलोग्राम सहित ईश्वरपुर नगरपालिका–१३ श्रीनगर बस्ने ३७ वर्षीय मनोजकुमार महतो समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हरिपुर्वाबाट खटिएको प्रहरीले बसवपुरबाट हरिपुर्वातर्फ आउँदै गरेको ज.६ प २३६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुरको बेलौरी नगरपालिका–१० जर्सीखोलाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ७ सय ९० मिलिग्रामसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका–९ राजघाट बस्ने २० वर्षीय निशान चौधरी र कैलाली धनगढी उपमहानगरपालिका–३ चटकपुर बस्ने २१ वर्षीय राकेश राना रहेका छन् ।
इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-००९ प ८१७२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।