कर्णाली प्रदेश : नीति तथा कार्यक्रम स्वीकृत
बुधबार, २१ जेठ २०८२, १४ : ३६
सारांश
- कर्णाली प्रदेश मन्त्रिपरिषद्ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।
- सामाजिक विकास मन्त्री घनश्याम भण्डारीका अनुसार, मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।
- प्रदेश सभा बैठकमा कार्यवाहक प्रदेश प्रमुख नजिर मियाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद्ले आगामी आर्थिक वर्ष (०८२/०८३) को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।
बुधवार दिउँसो बसेको मन्त्रिपरिषद्ले उक्त नीति तथा कार्यक्रम स्वीकृत गरेको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताए ।
उक्त नीति तथा कार्यक्रम दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा प्रस्तुत गरिने छ ।
कार्यवाहक प्रदेश प्रमुख नजिर मियाले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका गएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण