कैलालीमा कोरोना संक्रमितसँगै मृत्युदर बढ्दै

कैलालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दैनिक बढ्न थालेको छ ।
फागुन र चैत्र महिनामा २ जनाको मृत्यु भएको सेती प्रादेशिक अस्थायी कोरोना अस्पतालमा बैशाख १८ गते शनिबार सम्ममा १६ जना पुगेको अस्पतालले जनाएको छ ।
त्यस्तै बैशाख १७ गते सम्म सुदुरपश्चिम प्रदेशमा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ पुगेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले जानकारी दिए ।
यसैबीच सुदूरपश्चिमको धनगढीमा कोरोना संक्रमणको दर बढदै गएपछि अस्पतालहरुमा बेड थप्न थालिएको छ ।
सुदुरपश्चिम सामुदायीक अस्पताल अत्तरियामा ४० बेडको कोरोना वाड सञ्चालन भइरहेको छ भने नवजीवन अस्पताल धनगढीमा १० बेड र पदमा अस्पताल अत्तरियामा १० बेडका थपेर सेवा सुचारु गर्ने तयारी भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्यालेक्टिकोस युगको अन्त्य गर्दै एनरिकेले कसरी पीएसजीलाई च्याम्पियन बनाए ?
-
सन्तुलित र उत्पादनलाई प्रोत्साहन गर्ने बजेट आएको परिसङ्घको ठहर
-
बजेट सकारात्मक : निकासी पैठारी सङ्घ
-
अछाममा हावाहुरीले दर्जनौँ घर र संरचना क्षतिग्रस्त
-
दिशा पाटनीको हलिउडमा डेब्यू
-
अमेरिकामा एक व्यक्तिले मानिसहरूलाई आगो लगाउँदा धेरैजना घाइते