अमेरिकामा एक व्यक्तिले मानिसहरूलाई आगो लगाउँदा धेरैजना घाइते
सारांश
- कोलोराडोको बोल्डरमा एक व्यक्तिले मानिसहरूलाई आगो लगाए, जसमा धेरै घाइते भए।
- घटना इजरायली बन्धकहरूको समर्थनमा आयोजित प्रदर्शनमा भएको थियो, एक संदिग्ध पक्राउ परेको छ।
- एफबीआईले यसलाई लक्षित आतंकवादी हमला भनेको छ, तर स्थानीय अधिकारीहरूले अनुसन्धान जारी छ भनेका छन्।
कोलोराडो । कोलोराडोको बोल्डरमा एक व्यक्तिले मानिसहरूलाई आगो लगाएको घटनामा धेरै व्यक्ति घाइते भएका छन्। सो घटना इजरायली बन्धकहरूको समर्थनमा आयोजना गरिएको प्रदर्शनमा भएको थियो।
एक जना सन्दिग्धलाई नियन्त्रणमा लिइएको छ र प्रहरीले अनुसन्धान गरिरहेको छ। एफबीआई अधिकारीहरूले तत्कालै यस घटनालाई ‘लक्षित आतङ्कवादी हमला’ भनेका छन् ।
स्थानीय अधिकारीहरूले भने अहिलेसम्म घटनाको स्पष्ट व्याख्या गर्न समय लाग्ने र त्यसको कारणबारे अनुसन्धानको क्रममा रहेको बताएका छन्। बोल्डर प्रहरी प्रमुख स्टेफन रेडफर्नले आइतबार भने, ‘जब हामी घटनास्थलमा पुग्यौँ, हामीले धेरै पीडितहरूमा आगोले पोलेको जस्तो घाउ देखिएको थियो।’
सीएनएनलाई घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूले बताएका अनुसार, उक्त व्यक्तिले प्रज्वलनशील पदार्थ भएका बोतलहरू फ्याँकेका थिए । ती बोतलहरू जमिनमा खस्दा आगो लागेको थियो। बोतलहरूको संख्या अझै स्पष्ट भएको छैन।
कम्तीमा दुई जना व्यक्तिलाई अस्पताल लगिएको छ। घटनास्थल बोल्डरमा “रन फरन देयर लाइभ्स” नामक कार्यक्रममा भएको थियो । यो कार्यक्रम यहुदी समुदायका सदस्यहरूले अक्टोबर ७, २०२३ मा इजरायलमा भएको आक्रमणमा बन्धक बनाइएका व्यक्तिहरूको समर्थनमा आयोजना गर्दै आएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण