दिशा पाटनीको हलिउडमा डेब्यू
सारांश
- बलिउड अभिनेत्री दिशा पाटनी हलिउड फिल्म 'होलीगार्ड्स' बाट अन्तर्राष्ट्रिय अभिनय यात्रा थाल्दै छिन्। फिल्ममा ओस्कर विजेता केविन स्पेसीको निर्देशन रहेको छ।
- फिल्ममा दिशासँगै डल्फ लुन्डग्रेन, टायरेस गिब्सन र ब्रियाना हिलडेब्रान्डलगायतका कलाकारको अभिनय रहनेछ, छायांकन मेक्सिकोमा सम्पन्न भएको छ।
- दिशाको यो पहिलो अन्तर्राष्ट्रिय प्रोजेक्ट भने होइन, उनले यसअघि ज्याकी च्यानसँग 'कुंग फु योगा' मा काम गरिसकेकी छिन्, भने 'वेलकम टु द जंगल' को तयारीमा पनि जुटेकी छन्।
मुम्बई । बलिउड अभिनेत्री दिशा पाटनी अब हलिउडमा समेत आफ्नो अभिनय यात्रा सुरु गर्न लागेकी छन्। दिशा चाँडै नै सुपरन्याचुरल एक्सन-थ्रिलर फिल्म ‘होलीगार्ड्स’ मा देखिनेछिन्।
यस फिल्ममार्फत ओस्कर विजेता निर्देशक केविन स्पेसी झन्डै दुई दशकपछि निर्देशनमा फर्किँदै छन्। फिल्मको छायांकन मेक्सिकोमा सम्पन्न भएको छ र यसमा धेरै अन्तर्राष्ट्रिय कलाकारहरू पनि देखिनेछन्।
दिशासँगै फिल्ममा डल्फ लुन्डग्रेन, टायरेस गिब्सन र ब्रियाना हिलडेब्रान्डले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।
‘होलीगार्ड्स’ एउटा फ्रेन्चाइजको हिस्सा हो, जसको नाम ‘स्टेटिगार्ड्स भर्सेस होलीगार्ड्स’ हो। फिल्ममा एक्सन, हरर र सुपरन्याचुरलका थुप्रै तत्त्वहरू हुनेछन्। पोस्ट-प्रोडक्शनकै क्रममा फिल्मलाई लिएर चर्चाहरू सुरु भइसकेको छ।
- सुटिङका क्रममा दिशाको फोटो भाइरल
केही समयअघि दिशा पाटनीको सुटिङका क्रममा खिचिएको एक तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त तस्बिर मेक्सिकोको डुराङ्गोको थियो, जहाँ फिल्मको छायांकन भइरहेको थियो।

उद्योगका एक स्रोतका अनुसार, ‘दिशा यो वर्ष जनवरीमा मेक्सिकोमा थिइन्। उनले टायरेस गिब्सन र ह्यारी गुडविन्ससँग छायांकन गरेकी थिइन्।’
यो दिशाको पहिलो अन्तर्राष्ट्रिय प्रोजेक्ट भने होइन। यसअघि उनले ज्याकी च्यानसँग ‘कुंग फु योगा’ फिल्ममा पनि काम गरिसकेकी छन्। हलिउड प्रोजेक्टसँगै दिशा अहिले ‘वेलकम टु द जंगल’ को तयारीमा पनि जुटेकी छन्, जुन २०२५ मा रिलिज हुने योजना छ।
दिशा पाटनीले आफ्नो अभिनय यात्रा साउथ इन्डस्ट्रीबाट सुरु गरेकी थिइन्। उनले सन् २०१५ मा तेलुगु फिल्म ‘लोफर’ बाट डेब्यू गरेकी थिइन्। त्यसपछि सन् २०१६ मा उनले बलिउडमा ‘एम.एस. धोनी: द अनटोल्ड स्टोरी’ मार्फत ब्रेक पाइन्, जहाँ उनी सुशान्त सिंह राजपुतसँग देखिएकी थिइन्। यस फिल्ममा उनले प्रियंका झाको भूमिका निर्वाह गरेकी थिइन्, जुन दर्शकहरूले निकै मन पराए।
सन् २०१७ मा उनी ज्याकी च्यानसँग अन्तर्राष्ट्रिय फिल्म ‘कुंग फु योगा’ मा देखिइन्। त्यसपछि दिशाले ‘बागी २’ (२०१८) मा टाइगर श्रफसँग दमदार एक्शन गरेकी थिइन्।
सन् २०१९ मा सलमान खानसँग ‘भारत’ मा देखिएकी थिइन् भने सन् २०२० मा रिलिज भएको फिल्म ‘मलंग’ मा उनले डार्क र इन्टेन्स भूमिका निभाएकी थिइन्।
सन् २०२४ मा दिशा दुई ठूला फिल्महरू ‘कल्की २८९८ ए.डी.’ र ‘कंगुवा’ मा समेत देखिएकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण