कोरोना रोकथामका लागि खटिएका ८६ चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित
जिल्लामा कोरोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित हुन थालेका छन् ।
कोरोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६ जना सङ्क्रमित भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका जनस्वास्थ्य अधिकृत तिलाञ्जली ढकालका अनुसार भरतपुर अस्पतालमा २२, चितवन मेडिकल कलेजमा २२, पुरानो मेडिकल कलेजमा १९, विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका १६ जना रहेका छन् ।
यस्तै बघौडा अस्पताल माडी, राप्ती अस्पताल भण्डारा, बकुलहर अस्पताल रत्ननगर, कालिका नगर अस्पताल लगायतका अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी ७ जना सङ्क्रमित भएको उहाँले जानकारी दिए ।
उनका अनुसार सङ्क्रमित चिकित्सक र स्वास्थ्यकर्मी अहिले आइसोलेसनमा रहेका छन् । उनीहरु मध्ये कतिपय सन्चो भएर घर फर्की सकेका छन् ।
कार्यालयका अनुसार जिल्लामा कोरोना रोग नियन्त्रणमा खटिएका प्रहरी प्रमुख समेतलाई सङ्क्रमण देखिएको छ ।
जिल्लामा वैशाखमा मात्रै दुई हजार ८० जनामा सङ्क्रमण देखिएको छ जस मध्ये १७ जनाको मृत्यु भई सकेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
जिल्लामा हाल औसत दैनिक सात जना सङ्क्रमितको मृत्यु भएको छ । ती मध्ये अधिकांश बाहिरी जिल्लाका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिटिजन्स बैंकद्वारा सुदूरपश्चिम प्रदेशमा वृक्षारोपण
-
नेपाल इन्भेस्टमेन्ट मेगा बैँकद्वारा नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्यहरूलाई विभिन्न सेवामा छुट
-
तस्बिरमा हेर्नुहोस् व्यवसायीको आन्दोलनले ठप्प सुनचाँदी पसल
-
चितवनमा पाँच महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित
-
एउटै घटनाले हुन पुग्छ परिवारको सपनाको अन्त्येष्टि
-
आफैँले लगाएको करेन्टको तारबारमा परेर एक जनाको मृत्यु