राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा सुदूरपश्चिमको दोस्रो जित
कैलाली । १५ औँ केन्द्रीय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा सुदूरपश्चिम प्रदेशले बलियो प्रदर्शन गर्दै बागमती प्रदेशलाई पराजित गरेको छ ।
आज दिउँसो २ बजे तीन सेटसम्म चलेको भलिबलमा २–१ को सेट अन्तरले सुदूरपश्चिमले बागमतीलाई हरायो । पहिलो सेटमा सुदूरपश्चिमले २५–१९ को सहज जित निकालेको थियो भने दोस्रो सेटमा बागमतीले पुनरागमन गर्दै २५–२० ले सेट आफ्नो पक्षमा पारेको थियो । तर, निर्णायक तेस्रो सेटमा सुदूरपश्चिमले १५–१२ को जित निकाल्दै खेल आफ्नो पक्षमा पारेको थियो ।
यसअघि पहिलो खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई सोझो सेटमा २–० ले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको थियो ।लगातार दुई खेलमा जित हात पार्दै सुदूरपश्चिमले लिग चरणमा बलियो उपस्थिति जनाइसकेको छ । छात्रा तर्फ भने सुदूरपश्चिमले बागमती प्रदेशसँग २–१ सेटले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण