शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय

राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा सुदूरपश्चिमको दोस्रो जित

बुधबार, २८ जेठ २०८२, १६ : १०
बुधबार, २८ जेठ २०८२

कैलाली । १५ औँ केन्द्रीय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा सुदूरपश्चिम प्रदेशले बलियो प्रदर्शन गर्दै बागमती प्रदेशलाई पराजित गरेको छ । 

आज दिउँसो २ बजे तीन सेटसम्म चलेको भलिबलमा २–१ को सेट अन्तरले सुदूरपश्चिमले  बागमतीलाई हरायो । पहिलो सेटमा सुदूरपश्चिमले २५–१९ को सहज जित निकालेको थियो भने दोस्रो सेटमा बागमतीले पुनरागमन गर्दै २५–२० ले सेट आफ्नो पक्षमा पारेको थियो । तर, निर्णायक तेस्रो सेटमा सुदूरपश्चिमले १५–१२ को जित निकाल्दै खेल आफ्नो पक्षमा पारेको थियो । 

यसअघि पहिलो खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई सोझो सेटमा २–० ले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको थियो ।लगातार दुई खेलमा जित हात पार्दै सुदूरपश्चिमले लिग चरणमा बलियो उपस्थिति जनाइसकेको छ । छात्रा तर्फ भने सुदूरपश्चिमले बागमती प्रदेशसँग २–१ सेटले पराजित भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप