आफैँले लगाएको करेन्टको तारबारमा परेर एक जनाको मृत्यु
बिहीबार, २९ जेठ २०८२, १२ : ४५
झापा । झापाको कचनकवल गाउँपालिका-७ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल बैगुनबारी गाउँपालिका-७ का ६५ वर्षीय किर्खनाथ खनाल रहेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बुधबार आफ्नै बारीमा बाख्रा चराउन गएको अवस्थामा आफैँले लगाएको करेन्टको तार बारमा परेर करेन्ट लाग्दा खनालको घटनास्थलमै मृत्यु भएको हो ।
घटना सम्बन्धमा जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले घटनाको कानुनी प्रक्रिया पुरा गरी लासलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण