शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आफैँले लगाएको करेन्टको तारबारमा परेर एक जनाको मृत्यु

बिहीबार, २९ जेठ २०८२, १२ : ४५
बिहीबार, २९ जेठ २०८२

झापा । झापाको कचनकवल गाउँपालिका-७ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल बैगुनबारी गाउँपालिका-७ का ६५ वर्षीय किर्खनाथ खनाल रहेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बुधबार आफ्नै बारीमा बाख्रा चराउन गएको अवस्थामा आफैँले लगाएको करेन्टको तार बारमा परेर करेन्ट लाग्दा खनालको घटनास्थलमै मृत्यु भएको हो । 

घटना सम्बन्धमा जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले घटनाको कानुनी प्रक्रिया पुरा गरी लासलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप