कस्तो छ गायिका रचना रिमालको अवस्था ?
बुधबार, २८ जेठ २०८२, १७ : ३२

समाचार सारांश
- गायिका रचना रिमाल स्वास्थ्य समस्याका कारण ह्याम्स अस्पतालमा भर्ना भएकी छिन्।
- रुकुम पश्चिममा कार्यक्रमको सिलसिलामा पेट दुखाइ भएपछि उनलाई काठमाडौँ ल्याइएको हो।
- सानो आन्द्रा सुन्निएको र पेटमा समस्या देखिएपछि उनको उपचार भइरहेको छ र अवस्था सुधारोन्मुख छ।
काठमाडौँ । गायिका रचना रिमाल ह्याम्स अस्पतालमा भर्ना भएकी छन् । कार्यक्रमको सिलसिलामा रुकुम पश्चिम पुगेकी उनको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौँ ल्याएर उपचार थालिएको हो ।
उनको अस्पतालको क्याबिनमा राखेर उपचार भइरहेको छ । सङ्क्रमणले सानो आन्द्रा सुन्निएको र पेटमा पनि केही समस्या देखिएको छ । चिकित्सकले उनको उपचार गरिरहेका छन् । उनको अवस्था बिस्तारै सुधार भएको बताइन्छ ।
सुरुमा उनलाई सेनाको हेलिकोप्टर मार्फत नेपालगन्ज ल्याइएको थियो । त्यसपछि काठमाडौँमा ल्याएर उपचार थालिएको हो ।
रिमाल रुकुम पश्चिम सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिन पुगेकी थिइन् । अचानक पेट दुखेपछि उनलाई नेपालगन्ज हुँदै काठमाडौँ ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एयर इण्डियाको विमान दुर्घटनाप्रति जनार्दन शर्माद्वारा दुःख व्यक्त
-
स्कटल्याण्डका जर्ज मुन्से बने एकदिवसीयमा सबैभन्दा उच्च स्कोर बनाउने एसोसिएट ब्याटर
-
न्यायाधीशमाथि कालोमसी छ्याप्नेहरूलाई कारबाही गर्न माग
-
यी युवती जो १० मिनेट ढिला हुँदा एयर इन्डियाको विमान चढ्न पाइनन्
-
विमान दुर्घटनामा पूर्वमुख्यमन्त्री रुपाणीको मृत्यु
-
‘सिट ११ए’ का यात्रु जो विमान दुर्घटनामा बाँचे