काठमाडौँ महानगरमा तोडियो बालेन र सुनिताको संवादहीनता

समाचार सारांश
- काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले लामो समयदेखि बस्न नसकेको कार्यपालिका बैठक र नगर सभा बोलाउने तयारी गरेका छन्।
- मेयर साहले उपमेयर सुनिता डङ्गोल र तीन वडा अध्यक्षहरूसँगको छलफलपछि कार्यपालिका बैठक र नगर सभा बोलाउन सहमति जनाएका छन्।
- वडा अध्यक्ष ईश्वरमान डंगोलका अनुसार, मेयरसँग नियमित भेटघाट भएको र छिट्टै बैठक बोलाउने आशा गरिएको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले लामो समयदेखि बस्न नसकेको कार्यपालिका बैठक र नगर सभा बोलाउने तयारी गरेका छन् । बुधबार काठमाडौँ प्लाजामा उपमेयर सुनिता डङ्गोलसहित तीन जना वडाअध्यक्षहरुसँग छलफल गरेको खुलेको छ । उक्त बैठकपछि मेयर साह महानगरपालिकाको कार्यपालिका बैठक र नगर सभा बोलाउने सहमतिमा पुगेका छन् ।
उपमेयर डङ्गोलसहित तीन वडा अध्यक्षसँगको छलफलपछि मेयर साह कार्यपालिका बैठक र नगर सभा बोलाउन तयार भएका छन्। छलफलमा वडा– १७ का वडाध्यक्ष नवीन मानन्धर, वडा–३२ का वडाध्यक्ष नवराज पराजुली र वडा– १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोल सहभागी थिए।
वडा– १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले मेयर साहसँग कार्यपालिका बैठक र महानगरका नियमित कामको विषयमा छलफल भएको बताए । उनले मेयर साहसँगको भेट नियमित भएको उल्लेख गर्दै मेयर साहले चाँडै कार्यपालिका बैठक र नगर सभा डाक्न सहमत भएको जनाकारी दिए । उनले उपमेयर सहितको बैठकमा चाँडै बैठक बोलाउने आशा रहेको बताए ।
उनले भने, ‘उपमेयर सहितको छलफल भएको छ । मेयर साहसँगको भेटघाट नियमित हो । तर चाँडै कार्यपालिका बैठक र नगर सभा डाक्ने आशा छ ।’ काठमाडौँ महानगर कार्यपालिकाको बैठक गत पुस १४ गतेयता बस्न सकेको छैन । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको विषयमा उत्पन्न विवादमा मेयर एक पक्ष र उपमेयर डङ्गोल तथा वडा अध्यक्ष एकै ठाउँमा आउँदा थप समस्या बढ्दै गएको थियो ।
विवाद सिर्जना भएसँगै मेयरको उपमेयरसँग करिब अढाई महिनासम्म बोलचाल समेत भएको थिएन । बुधवार मेयर र उपमेयरबिचको संवादहीनता समेत तोडिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रेन्टफोर्डका थोमस फ्राङ्क बने टोटनह्यामको नयाँ म्यानेजर
-
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने
-
नेसपा (नयाँ शक्ति) को निष्कर्ष : भ्रष्टीकृत पुराना सत्तासीन दलहरूका कारण वैकल्पिक शक्ति अनिवार्य (कार्यपत्रसहित)
-
गृह र श्रम मन्त्रालयसँगको समन्वयमा विदेश पुगेका नेपालीहरूका सम्बन्धमा अध्ययन भइरहेको छः राणा
-
इजरायली आक्रमणमा इरानका कम्तीमा ६ आणविक वैज्ञानिकको मृत्यु
-
तत्काल फाइभजी सम्भव छैन : एनसेल