शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय

सीजी मोटर्स हिरोले पोखरामा ‘एक्सट्रयाक’ कार्यक्रम आयोजना गर्दै

बिहीबार, २९ जेठ २०८२, १२ : ४४
बिहीबार, २९ जेठ २०८२

काठमाडौँ । सीजी हिरो मोटोकर्पले जेठ ३१ गते शनिबार पोखरामा ‘एक्सट्रयाक’ ईभेन्ट आयोजना गर्ने भएको छ । यसअघि, पहिलो संस्करणको रूपमा धुलिखेलमा अवस्थित ‘डर्ट टेम्पल’ मा ३ सय भन्दा बढी राइडरहरूको सहभागितामा साथ यो कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा मोटरसाइकल प्रेमी राइडरहरूले डर्ट ट्रयाक एवं अफ रोड राइडिङको अविष्मरणिय अनुभव गर्न पाउने आयोजक कम्पनीले जनाएको छ । इभेन्टमा सहभागीहरूले हिरोको एडभेन्चर श्रेणीका मोटरसाइकल विशेषतः हिरो एक्सपल्स २०० फोरभि र एक्सपल्स २०० फोरभि प्रो, विशेष रूपमा डिजाईन गरि तयार पारिएको ट्रयाकमा प्रत्यक्ष रूपमा चलाएर आफ्नो अफरोड राइडको स्किलको समेत परीक्षण गर्ने अवसर प्राप्त गर्नेछन् । 

कार्यक्रममा सुरक्षाका समग्र मापदण्डको सुनिश्चितकाका साथै व्यावसायिक मार्सलहरूको प्रत्यक्ष प्रशिक्षण एवं निर्देशनमा सहभागीहरूले आफ्ना अफरोड राइडिङ कलाको टेस्ट गर्नुका साथै थप राइडिङ टिस्प पनि प्राप्त गर्ने अवसर प्राप्त गर्नेछन् ।

पोखराको महेन्द्र गुफा नजिक आयोजना हुने ‘एक्सट्रयाक इभेन्ट’ बिहान १० बजेदेखि सुरु हुनेछ । यस कार्यक्रममा सहभागिता जनाउन चाहने इच्छुकहरूले समयमा नै हिरो मोटोकर्प नेपालको सोसियल मिडिया पेज गई निःशुल्क रूपमा रजिस्ट्रेसन गरी आफ्नो सिट सुरक्षित गर्न सक्नेछन् । सहभागिताका लागि राइडरहरूले चालक अनुमति पत्रका साथ सेफ्टी गियरहरू आफ्नो साथमामा लिएर आउनु पर्नेछ । 

इभेन्टमा सहभागी तथा अनुभवी राइडरहरूका लागि हिरो मोटोकर्प नेपालका तर्फबाट मोटरसाइकल उपलब्ध गराइनेछ । साथै कम्पनीका तर्फबाट निःशुल्क एक्सपल्स ब्राण्डेड जर्सी लिमिटेड एडिसनको व्यवस्था गरिएको कम्पनीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप