विद्यालयको कम्प्युटर चोरेको आरोपमा ३ युवक पक्राउ
सारांश
- रौतहटको कटहरिया नगरपालिका १ मा रहेको श्री माध्यमिक विद्यालयको कम्प्युटर चोरी आरोपमा ३ जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा मुकेश दास, राधेश्याम दास र राजु दास रहेका छन्, उनीहरूलाई प्रहरीले चोरी मुद्दामा अनुसन्धान गरिरहेको छ।
- प्रहरीले उनीहरूको घरबाट चोरी गरिएका कम्प्युटर लगायतका सामान बरामद गरेको छ, यसअघि पनि विद्यालयमा चोरी भएको थियो।
रौतहट। रौतहटको कटहरिया नगरपालिका १ मा रहेको श्री माध्यमिक विद्यालयको कम्प्युटर चोरेको आरोपमा ३ जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कटहरिया १ भासेढवा बस्ने २७ वर्षीय मुकेश दास, सोही ठाउँका १९ वर्षीय राधेश्याम दास र १८ वर्षीय राजु दास रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले बताए ।
उनीहरू इलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएर चोरी शीर्षक मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको डीएसपी कार्कीले जानकारी दिएका छन्।
उनीहरुले गत शनिवार राति विद्यालय भवनको दोस्रो तल्लामा रहेको लेखा शाखाको गेटको ताल्चा फुटाई डेल कम्पनीको कम्प्युटर सेट एक थान चोरी गरेको बताइएको छ। चोरीको अनुसन्धान गर्दै जाँदा घटनाको भोलि पल्ट आइतबार साँझ प्रहरीले आरोपी मध्येका राजु दासको घरमा छापा मारेको थियो। छापामारको क्रममा विद्यालयबाट अहिले चोरी भएको सबै सामानका साथै पहिले चोरी भएको केही सामान समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
मावि भासेढवामा यसभन्दा अगाडि दुई पटक चोरी भएको थियो।२०७७ साल र २०८१ सालमा विद्यालयको कम्प्युटरलगायतको सामान चोरी भएको प्रधानाध्यापक राम मङ्गल यादवले बताएका छन्। विद्यालयको छेउमै घर भएको आरोपीहरूले विद्यालयमा यस अघि पटक पटक चोरी गरेको अनुसन्धान बाट खुलेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण