अत्यधिक गर्मीको कारण सिरहाका सामुदायिक तथा संस्थागत विद्यालय दुई दिन बन्द
सिरहा । सिरहा नगरपालिकाले अत्यधिक गर्मीको कारण बालबालिकाको स्वास्थ्यमा परेको प्रतिकुल असरलाई ध्यानमा राख्दै सिरहा नगरपालिका अन्तरगतका सामुदायिक तथा संस्थागत विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले वर्षे विदाबाट कट्टा हुनेगरी जेष्ठ २९ र ३० गते सबै विद्यालयहरु बन्द गर्न निर्देशन दिएको हो ।सिरहा नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण विद्यार्थीहरू कक्षाकोठामा नै बेहोस हुन थालेपछि पठनपाठन स्थगित गर्नुपर्ने अवस्था आएको बताए ।
जारी सूचनामा जेष्ठ २९ र ३० गते सिरहा नगरभित्रका सबै विद्यालय बन्द रहने उल्लेख छ । अत्यधिक गर्मीले विद्यार्थीहरूमा असर पर्न थालेपछि यहाँका अभिभावकहरूले सामाजिक सञ्जालमार्फत विद्यालय बन्द गर्न माग गर्दै आएका थिए ।
सिरहा लगायतका मध्यतराईका जिल्लाहरूमा जेष्ठ महिनामा पनि गर्मी असहन नहुने गरी बढेको छ ।
यहाँको तापक्रम ३६ देखि ३८ डिग्री सेल्सियससम्म पुगेको छ, जसका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण