हुम्लामा तीन दिनदेखि ११ वर्षीया बालिका बेपत्ता
बुधबार, २८ जेठ २०८२, १३ : ५०

समाचार सारांश
- सिमकोट गाउँपालिका-७ धारापोरी गाउँकी एक बालिका तीन दिनदेखि बेपत्ता छिन्। उनी जेठ २६ गते साथीहरूसँग खेल्न गएकी थिइन्।
- बालिका विद्यालयबाट फर्केपछि साथीहरूसँग खेल्न गएकी थिइन्, तर अबेरसम्म घर नफर्किएपछि खोजी गर्दा फेला परेन।
- प्रहरीले बालिकाको खोजी गरिरहेको छ। हराइरहेकी बालिका कर्णाली माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत छिन्।
सिमकोट । यहाँको सिमकोट गाउँपालिका–७ धारापोरी गाउँकी एक बालिका तीन दिनदेखि बेपत्ता भएकी छन् । यही जेठ २६ गते पाँच जना साथीहरूसँग खेल्न गएकी सुनसरी सिंह बेपत्ता भएको बुबा देवी सिंहले बताए ।
विद्यालयदेखि फर्केपछि घरमा खाजा खाएर साथीहरूसँग खेल्न गएकी सुनसरी राति अबेरसम्म घर नफर्केपछि खोजी गर्दा भेट्टाउन नसकेको बुबा सिंहले बताए ।
परिवारका सदस्य र स्थानीयले खोजी गर्दा नभेटिएपछि २७ गते बिहान प्रहरीलाई खोजतलासका लागि आग्रह गरेको उनले बताए । बेपत्ता बालिकाको खोजीका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जेवी सिंहको नेतृत्वमा सिमकोटबाट तीन जना र
धारापोरी प्रहरीचौकीको टोली खटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताए । बेपत्ता बालिका कर्णाली माध्यमिक विद्यालय कक्षा ४ मा अध्ययनरत थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच प्रदेशमा फैलियो मनसुन, आज यी तीन प्रदेशमा धेरै वर्षा हुने सम्भावना
-
कस्ताे रहला तपाईँकाे दिन ? हेर्नुहाेस् आजकाे राशिफल
-
हेर्नुहाेस् शुक्रबारकाे अन्तर्राष्ट्रिय मुद्राकाे विनिमय दर
-
रविन्द्र र धवल शमशेरको विषयमा के भन्यो अदालतले ?
-
यस्तो छ अनेरास्ववियुको अन्तिम मत परिणाम, को-को भए निर्वाचित ?
-
म्याक्स ओ डाउडको ऐतिहासिक पारीले नेदरल्याण्ड्सलाई कीर्तिमानी जित