सुदूरपश्चिमकी संगीताको कीर्तिमानी दौड

कैलाली । १५ औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुदूरपश्चिम प्रदेशकी संगीता विकले छात्रा तर्फको ४ सय मिटर दौडमा नयाँ कीर्तिमान कायम गरेकी छिन् ।
बुधबार उनले निर्धारित दूरी १ मिनेट ०१.१९ सेकेन्डमा पूरा गर्दै विगतको रेकर्ड तोड्न सफल भएकी हुन् । २०७६ सालमा अरुणा रिजालले बनाएको १ मिनेट ०१.३० सेकेन्डको पुरानो कीर्तिमानलाई संगीता विकले ०.११ सेकेन्डले सुधार गर्दै नयाँ राष्ट्रिय रेकर्ड कायम गरेकी हुन् ।
प्रतियोगितामा उनको प्रदर्शन उल्लेखनीय रह्यो । उनले सुदूरपश्चिम प्रदेशको खेलकुद इतिहासमा नयाँ उपलब्धि थपेकी छिन् ।राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता नेपालभरिका विद्यालयस्तरीय खेलाडीहरूको सहभागितामा भलिबल, कराँते, दौड, कबड्डी,उस्सुका खेलहरू काठमाडौँ दशरथ रङ्गशालामा भइरहेका छन् ।
प्रतियोगिताका खेलहरू आजदेखि सञ्चालनमा आएका छन् । प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेर्नुहाेस् शुक्रबारकाे अन्तर्राष्ट्रिय मुद्राकाे विनिमय दर
-
रविन्द्र र धवल शमशेरको विषयमा के भन्यो अदालतले ?
-
यस्तो छ अनेरास्ववियुको अन्तिम मत परिणाम, को-को भए निर्वाचित ?
-
म्याक्स ओ डाउडको ऐतिहासिक पारीले नेदरल्याण्ड्सलाई कीर्तिमानी जित
-
तीनकुने घटना: प्रसाईँको क्यान्सर उपचारको व्यवस्था मिलाउन अदालतको आदेश
-
तीनकुने घटना: बीस हजार धरौटीमा छुटे पुष्कर खतिवडा, अन्य काे–काे छुटे ?