बिर्तामोडमा निःशुल्क टेम्पो एम्बुलेन्स सेवा सुरु
शनिबार, २५ वैशाख २०७८, १० : २१
१

झापाको विर्तामोड नगरपालिकाले निःशुल्क टेम्पो एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ ।
कोरोना सङ्क्रमित र अन्य बिरामीहरुलाई टेम्पो एम्बुलेन्सले नगरका ठूला निजी अस्पतालहरुमा लैजान सहयोग गर्छन् ।
यसका लागि चार वटा टेम्पो जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा तयारी अवस्थामा राखिएको छ ।
नगरपालिका क्षेत्रको कुनै पनि स्थानबाट बिरामीलाई नजिकको अस्पताल पुर्याउनु परेमा टेम्पो एम्बुलेन्सले तुरुन्त सेवा दिने नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत देवराज कार्कीले बताए ।
नगरपालिका क्षेत्रमा बिएन्डबी, बिर्ता सिटी, मनमोहन सामुदायिक, कनकाई, कञ्चनजङ्घा र अञ्जली हस्पिटल सञ्चालित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : राजावादीलाई रोक्न नारायणहिटीमा निषेधाज्ञा, आलमलाई मस्तिष्कघात
-
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक : रोजगारी सिर्जना र कृषि विकासमा जोड
-
विद्युत् नियमित आपूर्तिको माग
-
रोहितको रन वर्षा, गुजरात सामु २ सय २९ रनको लक्ष्य
-
‘नेपाली मिडियाको इतिहास : छापादेखि डिजिटलसम्म’ लोकार्पण
-
नेपाली सेनाको मेजर र नेपाल प्रहरीको डीएसपी हुँ भन्दै सर्वसाधारणलाई झुक्याउने दुई जना पक्राउ