आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

नाइजेरियामा बाढी, कम्तीमा ११० जनाको मृत्यु

शुक्रबार, १६ जेठ २०८२, २१ : ३०
शुक्रबार, १६ जेठ २०८२

समाचार सारांश

  • मध्य नाइजेरियामा भारी वर्षापछि आएको बाढीमा परेर ११० जनाको मृत्यु भएको छ।
  • बाढीका कारण ५० भन्दा बढी घर बगाएको र मोक्वा सहरका टिफिन माजा र अंगुवान हौसावा जिल्ला प्रभावित भएका छन्।
  • नाइजेरियाले सन् २०२२ मा पनि ठूलो बाढीको सामना गरेको थियो, जसमा १३ लाख मानिस विस्थापित र ६०० भन्दा बढीको मृत्यु भएको थियो।

नाइजेरिया । मध्य नाइजेरियामा भारी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ११० जनाको मृत्यु भएको छ।  आपतकालीन व्यवस्थापन एजेन्सी (एनएसईएमए) का प्रमुख अबुलाही बाबाआराले धेरै घण्टासम्म वर्षा जारी रहेको बताए।

उनले भने, ‘बढ्दो बाढीको पानीका कारण ५० भन्दा बढी घर र त्यसमा बस्ने मानिसहरू बगाएका छन्।’ एजेन्सीका अनुसार मोक्वा सहरको टिफिन माजा र अंगुवान हौसावा जिल्लामा बाढीबाट सबैभन्दा बढी क्षति भएको छ।

नाइजेरियाले सन् २०२२ मा पनि ठूलो बाढीको सामना गर्नुपरेको थियो । त्यतिबेला लगभग १३ लाख मानिसहरू आफ्नो घर छोड्न बाध्य भए र ६०० भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप