नाइजेरियामा बाढी, कम्तीमा ११० जनाको मृत्यु
शुक्रबार, १६ जेठ २०८२, २१ : ३०
सारांश
- मध्य नाइजेरियामा भारी वर्षापछि आएको बाढीमा परेर ११० जनाको मृत्यु भएको छ।
- बाढीका कारण ५० भन्दा बढी घर बगाएको र मोक्वा सहरका टिफिन माजा र अंगुवान हौसावा जिल्ला प्रभावित भएका छन्।
- नाइजेरियाले सन् २०२२ मा पनि ठूलो बाढीको सामना गरेको थियो, जसमा १३ लाख मानिस विस्थापित र ६०० भन्दा बढीको मृत्यु भएको थियो।
नाइजेरिया । मध्य नाइजेरियामा भारी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ११० जनाको मृत्यु भएको छ। आपतकालीन व्यवस्थापन एजेन्सी (एनएसईएमए) का प्रमुख अबुलाही बाबाआराले धेरै घण्टासम्म वर्षा जारी रहेको बताए।
उनले भने, ‘बढ्दो बाढीको पानीका कारण ५० भन्दा बढी घर र त्यसमा बस्ने मानिसहरू बगाएका छन्।’ एजेन्सीका अनुसार मोक्वा सहरको टिफिन माजा र अंगुवान हौसावा जिल्लामा बाढीबाट सबैभन्दा बढी क्षति भएको छ।
नाइजेरियाले सन् २०२२ मा पनि ठूलो बाढीको सामना गर्नुपरेको थियो । त्यतिबेला लगभग १३ लाख मानिसहरू आफ्नो घर छोड्न बाध्य भए र ६०० भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण