नेपाली सेनाको मेजर र नेपाल प्रहरीको डीएसपी हुँ भन्दै सर्वसाधारणलाई झुक्याउने दुई जना पक्राउ

काठमाडौँ । नेपाली सेनाको मेजर र नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक (डीएसपी) हुँ भन्दै झुक्याउने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका वडा नम्बर ७ घर भई हाल भक्तपुर ताथली बस्ने ३८ वर्षिय रुद्रराज कार्की र सिराहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौँको जोरपाटी बस्ने २७ वर्षिय काशिन्द्र कुमार ठाकुर रहेका छन् । प्रहरीले कार्कीलाई बिहीबार र ठाकुरलाई शुक्रबार पक्राउ गरेको हो ।
कार्कीले भक्तपुर मध्यपुरठिमी नगरपालिका वडा नम्बर १ कौशलटार स्थितबाट बा.प्र.०१-००२ ज ६७३९ नम्बर को ट्याक्सी ईनड्राईभ गरी आफू नेपाली सेनाको मेजर हुँ भनि ट्याक्सी चालक भक्तपुर भक्तपुर नगरपालिका वडा नम्बर २ व्यासी बस्ने मनोज न्यौपानेलाई धाक धम्की दिई भाडा नदिएकोमा भन्दै परेको उजुरीकाे आधारमा पक्राउ गरिएकाे जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले बताए ।
प्रहरीका अनुसार शुक्रबार पक्राउ परेका अर्का व्यक्ति (ठाकुर) ले भक्तपुर मध्यपुरठिमी नगरपालिका वडा नम्बर २ दिव्यश्वरीमा ठगीमा परेका पिडित व्यक्तिहरुलाई पैसा अशुल गरी दिन्छु भनि आफूलाईनेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक संजय यादव बताउँदै झुक्याएका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्खननको पर्खाइमा तामाखानी
-
‘धिमे बाजा’ को संरक्षणमा जुट्दै भोजपुरका नेवार समुदाय
-
तीन पटकको विजेतालाई हराउँदै पीएसजीले जित्यो यूईएफए च्याम्पियन्स लिगको उपाधि
-
यूईएफए च्याम्पियन्स लिगः डेसिरे डुएको दोस्रो गोलमा पीएसजीलाई ४ः० को अग्रता
-
सुदूरपश्चिमको क्रिकेट टोली घोषणा
-
यूईएफए च्याम्पियन्स लिगः ‘हाफ टाइम’ सम्म पीएसजीको अग्रता कायमै