रोहितको रन वर्षा, गुजरात सामु २ सय २९ रनको लक्ष्य
काठमाडाैँ। इन्डियन प्रिमियर लिगको एलिमिनेटरमा रोहित शर्माको शानदार ब्याटिङको मद्दतले मुम्बई इन्डियन्सले गुजरात टाइटन्स सामु जितका लागि २ सय २९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
शुक्रबार चन्दीगढको पञ्जाब क्रिकेट एसोसिएसनको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २८ रन बनाएको हो ।
रोहितले यस प्रतियोगितामा चौथो अर्धशतक बनाए । ५० बलमा टोलीका लागि सर्वाधिक ८१ रन बटुलेका उनले ९ चौका र ४ छक्का प्रहार गरे । खेलमा रोहितले अर्का ओपनर जोनी बेयरस्टोसँग मिलेर टोलीलाई उत्कृष्ट सुरुवात दिलाए ।
दुवैले मात्र ७.२ ओभरमा पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरे । बेयरस्टो २२ बलमा ४७ रन जोड्दै पभेलियन फर्किए । उनले ४ चौका र ३ छक्का हिर्काए ।
त्यसपछि रोहितले सूर्यकुमार यादवसँग ३४ बलमा ५९ रनको साझेदारी गरे । यादव ३३ रन बनाएर आउट हुँदा टोलीले १३ ओभरमा २ विकेटको क्षतिमा १४३ रन बनाएको थियो । यादवले २० बलको सामना गर्दै १ चौका र ३ छक्का प्रहार गरे ।
तिलक वर्माले तीव्र गतिमा रन बनाउँदै ११ बलमा २५ रनको योगदान दिए । उनले ३ छक्का प्रहार गरे । नमन धिर मात्र ६ बलमा ९ रन बनाउँदै आउट हुने पुगे । कप्तान हार्दिक पाण्ड्याले ९ बलमा २२ रन जोडे । उनले अन्तिम ओभरमा ३ छक्का प्रहार गरे ।
गुजरातका लागि साई किशोरले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । प्रसिद्ध कृष्णाले पनि ४ ओभरमा ५३ रन खर्चेर २ विकेट हात पारे । मोहम्मद सिराजले एक विकेट लिए ।
एलिमिनेटर खेलमा विजयी हुने टोली प्रतियोगिताको दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ । पराजित हुने टोली भने उपाधि होडबाट बाहिरिने छ । एलिमिनेटर खेलमा विजयी हुने टोलीले दोस्रो क्वालिफायरमा पञ्जाब किङ्सको सामना गर्नेछ ।
दोस्रो क्वालिफायर खेलमा विजयी हुने टोलीले फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग उपाधिका लागि भिडन्त गर्नेछ । बेंगलुरु पहिलो क्वालिफायर खेलमा पञ्जाब किङ्सलाई हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
आईपीएलको इतिहासमा मुम्बई इन्डियन्स सर्वाधिक सफल टोलीमध्ये एक हो । मुम्बईले हालसम्म पाँच पटक आईपीएलको उपाधि चुमिसकेको छ । मुम्बईले अन्तिम पटक सन् २०२० मा उपाधि जितेको थियो ।
गुजरात टाइटन्सले भने हालसम्म एकपटक मात्र आईपीएलको उपाधि चुमेको छ । गुजरातले सन् २०२२ मा उपाधि जितेको थियो । त्यतिबेला फाइनलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई सात विकेटले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण