शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

एमालेलाई समर्थन गर्ने जनमोर्चाका सांसद थापा पदमुक्त

बिहीबार, २० जेठ २०७८, १३ : ३१
बिहीबार, २० जेठ २०७८

 राष्ट्रिय जनमोर्चा (राजमो)गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले पदमुक्त गरेको छ । बिहीबार जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलले उनलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेअनुसार सभामुखले बैठकमा कारबाहीसम्बन्धी पत्र पढेर सुनाइसकेका छन्।

राजमोका केन्द्रीय महासचिव मनोज भट्ट र  राजमोकी दलको नेता पियारी थापाले पार्टीको निर्णय उल्लंघन गरेको भन्दै थापाको प्रदेशसभा सदस्य पद खारेजीका सचिवालयमा पत्र बुझाएका थिए ।

राजमोले यसअघि थापालाई आजीवन केन्द्रीय सदस्य हुन नपाउने र एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन समेत गरिसकेको  थियो ।

दलको निर्देशन उल्लंघन गरी  थापा विपक्षी गठबन्धनका तर्फबाट गण्डकी प्रदेश सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावको विपक्षीमा उभिएका थिए । थापाले अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेपछि गण्डकीमा एमालेको सरकार जोगिएको थियो ।

अविश्वासको प्रस्तावमाथि मतदान हुने अघिल्लो दिनमै पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

तर थापाले अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेपछि बहुमत नपुग्दा प्रदेश प्रमुख सीता पौडेलले संसद्मा सहभागी सबैभन्दा ठूलो दलको हैसियतले एमालेका दलका नेता गुरुङलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप