हमासको कब्जामा रहेका थाई नागरिकको शव फेला
सारांश
- इजरायलले हमासको आक्रमणमा बन्धक बनाइएका एक थाई नागरिकको शव फिर्ता ल्याएको छ।
- ३५ वर्षीय नट्टापोङ पिन्टाको शव गाजाको राफा क्षेत्रबाट फेला परेको हो, उनी कृषि मजदुरको रूपमा कार्यरत थिए।
- पिन्टालाई मुजाहिदिन ब्रिगेड्सले अपहरण गरेको थियो र उनी सुरुवाती महिनामै मारिएको अनुमान गरिएको छ।
तेल अभिभ । अक्टोबर २०२३ मा हमास नेतृत्वमा गरिएको आक्रमणको क्रममा बन्धक बनाइएका एक थाइ नागरिकको शव इजरायलले फिर्ता ल्याएको इजरायली रक्षा मन्त्री इसरायल काट्जले जानकारी दिएका छन् ।
३५ वर्षीय नट्टापोङ पिन्टा दक्षिण इजरायलमा कृषि मजदुरको रूपमा काम गरिरहेका बेला अपहरणमा परेका थिए। इजरायली सेनाले शुक्रबार दक्षिण गाजाको राफा क्षेत्रमा विशेष अभियानमार्फत उनको शव फेला पारेको हो।
इजरायली सैन्य अधिकारीका अनुसार पिन्टा सम्भवतः बन्धक बनाइएको सुरुवाती केही महिनामै मारिएका थिए। यो अभियान अघि उनी जीवित थिए वा मारिएका थिए भन्ने यकिन थिएन।
यसअघि यसै साता इजरायली सेनाले गाजाबाट दुई जना इजरायली–अमेरिकी नागरिकको शव फिर्ता ल्याएको थियो। सैन्य अधिकारीले बताए अनुसार पिन्टाको पत्नी र एक छोरा छन्। उनले थाइल्यान्डमा रहेको आफ्नो परिवारको खर्च धान्नका लागि किब्बुट्ज निर ओजमा काम गरिरहेका थिए। उनलाई मुजाहिदिन ब्रिगेड्स नामक एक सशस्त्र समूहले अपहरण गरेको थियो।
उनको शव पत्ता लगाउने अभियान ‘पक्राउमा परेका एक आतंकवादी’ को सोधपुछबाट प्राप्त सूचनाका आधारमा थालिएको हो। हमास नेतृत्वको सीमापार आक्रमणपछि इजरायलले गाजामा सैन्य अभियान सुरु गरेको करिब २० महिना भइसकेको छ। हमासको आक्रमणमा करिब १,२०० मानिस मारिएका थिए र २५१ जना बन्धक बनाइएका थिए।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध सुरु भएदेखि हालसम्म गाजामा कम्तीमा ५४,६७७ जना मानिस मारिएका छन्। ७ अक्टोबर २०२३ को हमास आक्रमणमा बन्धक बनाइएका ५४ जना अझै पनि बन्दी छन्, जसमा इजरायली सेनाले ३१ जनालाई मृत घोषित गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण