बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

खनाल–नेपाल समूहका १७ भ्रातृ संगठनको चेतावनी : जेठ २ मा नफर्के पार्टी विसर्जन

बिहीबार, २० जेठ २०७८, ११ : ००
बिहीबार, २० जेठ २०७८

एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका १७ वटा भ्रातृ संगठनहरूले पार्टी र जनसंगठनहरूका सबै संरचनालाई २०७५ जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने चेतावनी दिएका छन् । बिहीबार संयुक्त वक्तव्य जारी गर्दै ती जनसंगठनका प्रतिनिधिहरुले जेठ २ मा पार्टी नफर्काउने हो भने नयाँ ढंगले पार्टी पुनर्गठन गर्नुपर्ने आवश्यक्ता भएको बताएका छन् ।

आफूहरू अहिले पनि एकताबद्ध एमालेकै पक्षमा रहेको भन्दै उनीहरुले अध्यक्ष केपी शर्मा ओलीले अवैधानिक कार्य गर्दै आएकाले ओलीले गरेका सवै निर्णय खारेज हुनुपर्ने माग समेत गरेका छन् । ‘प्रधानमन्त्री ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक व्यवस्था र संविधान गुम्ने खतरा पैदा भएको छ भने पार्टी विधान विपरितका एकपछि अर्को गरिएका स्वेच्छाचारी निर्णयले नेकपा (एमाले) र कम्युनिष्ट आन्दोलन संकटमा परेको छ, तसर्थ, व्यवस्था र संविधानको रक्षा गर्दै नेकपा (एमाले) र कम्युनिष्ट आन्दोलनलाई बचाउनु आजको हाम्रो प्रमुख चुनौती बनेको छ, संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘संविधान, पार्टी विधान र पद्धति विरुद्ध गरिएका सम्पूर्ण निर्णयहरु सच्याएर सुदृढ र एकताबद्ध नेकपा (एमाले) निर्माणको लागि हामी अध्यक्ष ओलीलाई आग्रह गर्दछौं ।’

यदि त्यसो नगरिए पार्टी र आन्दोलन विसर्जनको बाटोमा जान सक्छ । विज्ञप्तिमा जनताको लामो र कठोर संघर्षबाट प्राप्त उपलब्धिहरूको रक्षाको निम्ति, गौरवमय इतिहास बोकेको पार्टी र आन्दोलनको रक्षाको निम्ति पार्टीलाई नयाँ शिराबाट एकताबद्ध गरेर क्रान्तिको नयाँ झण्डा उठाउनुपर्नेछ भन्दै इतिहासको यो आदेश र आवश्यकता निम्ति नयाँ प्रतिबद्धता र दृढताका साथ उभिन तयार रहेको उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप