सरकारको निर्णयको विरोधमा वीरगन्ज बन्दको घोषणा
बिहीबार, ०४ माघ २०७४, १० : ०२

वीरगन्ज - सरकारले प्रदेशहरुको अस्थायी राजधानी तोकेपछि देशका विभिन्न ठाउँमा बिरोध सुरु भएको छ ।
प्रदेश नम्बर २ अन्तर्गत वीरगन्जमा पनि विरोध प्रदर्शन सुरु भएको छ । स्थानीय, नेता कार्यकता तथा अगुवाहरुले विरगन्ज बन्दको आह्वान गरेका छन् ।
बजारका चोक-चोकमा जम्मा भएर उनीहरुले २ नम्बर प्रदेशको राजधनी वीरगन्ज बनाउनुपर्ने माग गरेका छन् । आन्दोलनकारीले एउटा निजी कारमा क्षति पुर्याएका छन् ।
बन्दका कारण वीरगन्ज क्षेत्रको जनजिवन प्रभावित भएको छ । उक्त क्षेत्र भएर गुड्ने यातायातका साधन प्रभावित भएका छन् ।
सरकारले वीरगन्जलाई उपेक्षा गरेको भन्दै राजधानीको विषयमा पुर्नबिचार गर्न उनीहरुले माग गरेका छन् ।
मन्त्रीपरिषद बैठकले बुधबार २ नम्बर प्रदेशको राजधानी जनकपुर तोकेको छ । जनकपुरवासीले भने सरकारी निर्णयको स्वागत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवाको ब्रिफिङ : गठबन्धनमा समस्या छैन, ओलीले छोडेर गए त के लाग्छ र !
-
महानगरबाट अहिलेसम्म ५२ हजार ७ सय ४० ले निःशुल्क कानुनी सेवा लिए : उपप्रमुख डंगोल
-
विवादकाबिच अभिनेत्री सुरक्षा पन्तले पोस्ट गरिन् अनौठो तस्बिर
-
सांसदहरूलाई कोष होइन, अधिकार सम्पन्न बनाउनुपर्छः विनोद चौधरी
-
नेपाल टी–१० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण जेठमा
-
जोय थापाको अलराउन्ड प्रदर्शनमा एन्जल्स हार्टले विसडमलाई हरायो