सेनाको रिपोर्ट : जेनजी विद्रोहमा २२ जना प्रदर्शनकारीको मृत्यु
सारांश
- नेपाली सेनाले भदौ २३ र २४ गतेको प्रदर्शनमा २२ जना प्रदर्शनकारीको मृत्यु भएको जनाएको छ।
- विद्रोहमा ३ जना प्रहरी, १० जना कैदी र अन्य ४१ जनाको मृत्यु भएको सेनाले जनाएको छ।
- आन्दोलनका क्रममा १५ हजार ५८८ कैदीबन्दी भागेकामा ८ हजार ७९९ जनालाई पुनः नियन्त्रणमा लिइयो।
काठमाडौँ । नेपाली सेनाले भदौ २३ र २४ गतेको जेनजी विद्रोहका क्रममा कुल ७६ मध्ये २२ जना प्रदर्शनकारीको मृत्यु भएको जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सेनाले २२ प्रदर्शनकारीको मृत्यु भएको रिपोर्ट प्रस्तुत गरेको हो ।
बाँकी मृतकमा ३ जना प्रहरी, १० जना कैदी र अन्य ४१ जना रहेको सेनाको युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले जानकारी दिए ।
आन्दोलन ४८४ स्थानमा भएको पनि उनले बताए । सेनाका अनुसार ६८८ वटा सरकारी कार्यालय, २५९ वटा निजी निवास, १२८ वटा व्यापारिक प्रतिष्ठान, १९८ वटा राजनीतिक दलका कार्यालय, ३०७ वटा प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ । यस्तै आन्दोलनका क्रममा १५ हजार ५८८ जना कैदीबन्दी भागेकामा हालसम्म ८ हजार ७९९ जनालाई पुनः नियन्त्रणमा लिइएको सेनाको भनाइ छ ।
सेनाले आन्दोलनकै क्रममा ९७८ थान हतियार हराएकोमा ५८६ वटा फिर्ता गराइएको पनि आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
-
फासीवाद के हो?
-
हेटौंडाको प्रादेशिक थोक बजार सञ्चालन तयारी
-
ढुक्क अमेरिका, उत्साहित ब्राजिल, नेदरल्यान्ड्स र जापानले के गर्लान् ?
-
फिफा विश्वकप २०२६: नकआउटमा पुग्ने र बाहिरिने टोलीहरू को–को हुन्?
-
नेपालमा भू–राजनीतिक तानातानी बढ्यो : वर्षमान पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण