रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय महाधिवेशन लक्षित गर्दै ट्राफिक व्यवस्थापनमा कडाइ गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले महाधिवेशनका लागि विशेष ट्राफिक व्यवस्थापन योजना सार्वजनिक गरेको छ ।
उक्त योजनाअनुसार रास्वपा महाधिवेशनस्थल आसपास सवारी आवागमन निषेध गरिएको छ । महाधिवेशन अवधिभर भरतपुरका मुख्य क्षेत्रहरूमा सवारी साधनको चाप कम गर्न र आवागमन सहज बनाउन विभिन्न स्थानमा सवारी प्रवेश निषेध (नो इन्ट्री) र पार्किङ स्थलहरू तोकिएको हो ।
प्रहरीका अनुसार कार्यक्रम स्थल आसपासका स्याउली बजारबाट टेलिकम चोक तर्फ, उद्योग चोकबाट टेलिकम चोक तर्फ, टेलिकम चोकबाट मुख्य कार्यक्रम स्थल तर्फ, मालपोत चोकबाट ज्येष्ठ नागरिक चोकतर्फ, सरकारी अस्पताल चोकबाट ज्येष्ठ नागरिक चोक तर्फ, महाजु चोकबाट मुख्य कार्यक्रमस्थलतर्फ, कृषि ज्ञान केन्द्रबाट मुख्य कार्यक्रमस्थलतर्फ सवारी आवागमन निशेध गरिएको छ ।
महाधिवेशनमा सहभागी हुन आउने सवारी साधनहरूका लागि चार वटा छुट्टाछुट्टै स्थानमा पार्किङको व्यवस्था गरिएको छ । भरतपुर सेन्ट्रल बसपार्क क्षेत्र, चितवन माविको खेल मैदान, विशाल चोकमा रहेको चौरमा ४ पांग्रे र २ पांग्रे दुवै सवारी साधन पार्किङ गने व्यवस्था मिलाइएको छ । भरतपुर अस्पताल अगाडिको स्थान विशेष गरी दुईपांग्रे सवारी साधनको पार्किङका लागि तोकिएको छ ।
महाधिवेशन अवधिभर वैकल्पिक सडकहरूको प्रयोग गर्न र ट्राफिक नियमको पूर्ण गर्न प्रहरीले आग्रह गरेको छ ।
_47Z3TcLAdW.jpg)
_sHz3KjkoiB.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्तिशाली सरकार बन्दा पनि अझै उठ्न सकेन निजी क्षेत्र
-
देखाइयो रातो मच्छिन्द्रनाथको भोटो, जात्रा सम्पन्न
-
वैदेशिक सहायता र कुटनीतिक सम्बन्धमै प्रश्न उठाइरहेको ‘चुहारको पुल’
-
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन, धमाधम भइरहेको छ तयारी (तस्बिरहरू)
-
दयाहाङ र मिरुनाको जोडी रहने फिल्म 'रातो घेरा' निर्माण घोषणा
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण