मधेसमा ८० प्रतिशत मत प्राप्त गरेर नेकपा ठूलो पार्टी बन्छ : प्रचण्ड
रौतहट । पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसमा सरकारको बाँकी ४ वर्षभित्र नेकपाले दुईतिहाई मात्र होइन ८० प्रतिशत मत प्राप्त गरेर ठूलो पार्टी बन्ने दावी गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ द्धारा रौतहटको गरुडामा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रचण्डले साथै अहिले पनि नेकपा प्रदेश २ को सबैभन्दा ठूलो पार्टी भएको कुरा नबिर्सिन पनि पार्टी कार्यकर्तालाई आग्रह गरे ।
कार्यक्रममा उनले राजतन्त्र र सामन्तवादविरुद्ध किशान आन्दोलन रौतहटबाटै सुरुआत भएको पनि दोहोर्याए । कम्युुनिष्ट पार्टीको अगुुआयीमा राजतन्त्रको अन्त, नयाँ संविधानको निर्माण र संघीयतासहित देशमा स्थानिय तह बनेको बताए ।
अगामी ४ बर्षभित्र देशको कायापलट हुने र १० बर्षभित्र नयाँ नेपाल बन्ने अध्यक्ष प्रचण्डले विश्वास व्यक्त गरे । कम्युनिष्ट पार्टीको माथिल्लो तह यसअघि नै एकीकरण भइसकेको र केही समयभित्रै सम्पूर्ण तल्ला तह एकीकरण हुने उनले जानकारी गराए ।
त्यस्तै कार्यक्रममा पूुर्व प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले देशमा दुुई कम्युुष्टि पार्टी मिलेर एक भएको अवस्थामा वर्तमान सरकार जातपातको आधारमा नभई जनताको अभिमत अनुुसार विकासको काममा लागिरहेको बताए ।
नेता नेपालले अन्य केही दल देश लुट्ने र कम्युनिष्ट पार्टी देश बनाउने जिम्मा लिएर अघि बढिरहेको जिकिर गरे । स्थानीय निर्वाचनमा सातसय ५३ स्थानीय तहमध्ये नेकपाले ४ सय स्थानीयमा जितेर देश विकासको जिम्मा लिएको नेता नेपालले बताए ।
प्रदेश २ मा पनि नेकपाको बहुमत रहेपनि केही समयका लागि प्रदेशको विकास गर्न अन्य दललाई जिम्मा दिएको उनले बताए ।
यस्तै कार्यक्रममा प्रदेश २ का अध्यक्ष सांसद प्रभुु साहको सभापतित्वमा सम्पन्न आमसभामा मन्त्री रघुुविर महासेठ, पार्टी केन्द्रिय सदस्य युवराज भटराई, संघीय सांसदहरु, प्रदेश सांसदहरुको सहभागीता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
-
एकोहोरो दबाब दिन थालेपछि पेलेर अघि बढ्ने तयारीमा कोशी सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण