शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

आईसीसी टी–२० विश्वकपमा पपुवा न्यु गिनी (पीएनजी) को यो दोस्रो सहभागिता हो । पीएनजीले यसअघि विश्वकपको एउटा संस्करणमा सहभागिता जनाएको थियो । पीएनजीले सन् २०२१ मा सम्पन्न सातौँ संस्करण खेलेको थियो । 

पीएनजी टी–२० विश्वकपको एकमात्र सहभागिताको पहिलो चरणबाटै बाहिरिएको थियो । त्यतिबेला पीएजनी समूह ‘बी’ मा परेको थियो । प्रारम्भिक चरणमा आफूले खेलेका तीनवटै खेलमा पीएनजी पराजित भएको थियो । 

प्रारम्भिक चरणको पहिलो खेलमा पीएनजीलाई ओमानले १० विकेटको फराकिलो अन्तरले हराएको थियो । दोस्रो खेलमा पीएनजीको टोली स्कटल्यान्डसँग १७ रनले पराजित भएको थियो । तेस्रो खेलमा पीएनजीलाई बंगलादेशले ८४ रनले हराएको थियो । 

टी–२० विश्वकप सहभागिता : सातौँ संस्करण सन् २०२१ र नवौँ संस्करण सन् २०२४ 

पपुवा न्यु गिनीको टोली : असादोल्लाह भाला (कप्तान), अली नाओ, चाड सोपर, सीजे अमिनी, हिला भारे, हिरी हिरी, ज्याक गार्डनर, जोन कारिको, काबुआ भागी मोरिए, किपलिङ डोरिगा, लेगा सिआका, नोरम्यान भानुआ, सेमा कामिया, सेसे बाउ र टोनी उरा ।

नवौँ विश्वकपमा पपुवा न्यु गिनी : समूह ‘सी’ पपुवा न्यु गिनी, न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान र युगान्डा ।

जुन २ : पपुवा न्यु गिनीविरुद्ध वेस्ट इन्डिज

जुन ५ : पपुवा न्यु गिनीविरुद्ध युगान्डा

जुन १३ : पपुवा न्यु गिनीविरुद्ध अफगानिस्तान

जुन १७ : पपुवा न्यु गिनीविरुद्ध न्युजिल्यान्ड