मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास

पीडितलाई लगाइयो आफन्तको जिम्मा
मङ्गलबार, ०५ साउन २०८३, २१ : ५१
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • कीर्तिपुरको नयाँबजारमा सडक पेटीमा तरकारी बेच्ने जीवन अधिकारीले नगरपालिकाको नियमले गर्दा जीविकोपार्जनमा कठिनाई भएको भन्दै आत्मदाहको प्रयास गरेका छन्।
  • जीवन अधिकारीले शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्न खोज्दा प्रहरीले उद्धार गरी नियन्त्रणमा लिएको छ।
  • नगर प्रहरीले सडक पेटी खाली गराउँदा व्यापारमा घाटा लागेको भन्दै पीडितले प्रहरीसँग गुनासो गरेका छन्।

काठमाडौँ । काठमाडौंको कीर्तिपुरस्थित नयाँबजारमा सडक पेटीमा तरकारी बेच्ने पुरुषले आत्मदाह प्रयास गरेका छन् ।

सोमबार आत्मदाह गर्न खोज्ने जीवन अधिकारीलाई उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।

उनी नयाँ बजारस्थित सडक पेटीमा तरकारी बेच्दै आएका थिए । नगरपालिकाले कार्यालय समयमा सड्कमा व्यापार गर्न रोक लगाउँदै साँझ ६ बजेबाट मात्र फुटपाथमा व्यापार गर्न दिने गरेको छ । तरकारी बेच्ने समय थोरै भएको हुनाले जीविकोपार्जन कठिन भएको भन्दै उनले आत्मदाह प्रयास गरेका बुझिएको छ । 

शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्न खोजे पनि प्रहरी वृत्त कीर्तिपुरको टोलीले उनलाई नियन्त्रणमा लिएर सम्झाइ बुझाइ गरेको छ । पीडित पुरुषलाई आफन्तको जिम्मा लगाइएको एसपी भट्टराईले जानकारी दिए । नगर प्रहरीले सड्क पेटी क्लियर गर्दा आफ्नो व्यापारमा घाटा लागेको भन्दै प्रहरीसँग उनले गुनासो गरेका छन् । 

यसअघि आजै शीतल निवासअगाडि पनि एक जनाले शरीर पेट्रोल खन्याउने कोसिस गरेका थिए । प्रहरी बेलैमा आएर २७ वर्षीय विशाल तामाङ नाम गरेका उनलाई उद्धार गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप