सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
सारांश
- भक्तपुरको लुम्बिनी गेस्ट हाउसबाट खसेर साउन ४ गते सलिना श्रेष्ठको मृत्यु भएको छ।
- प्रहरीले सलिनासँगै गेस्ट हाउसमा गएका ४ जनालाई ज्यान सम्बन्धी कसुरमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
- मृतक सलिनालाई धकेलेर खसालिएको हो वा आफैं खसेकी हुन् भन्ने यकिन नभएको र पोष्टमार्टमपछि मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ।
काठमाडौँ । भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा नम्बर–१ स्थित लुम्बिनी गेस्ट हाउसबाट खसेर साउन ४ मा सलिना श्रेष्ठले ज्यान गुमाइन् । दोलखा घर भएर चाँगुनारायण नगरपालिका वडा नम्बर–९ मा बस्दै आएकी सलिना आफ्ना साथीहरूसँग सो गेस्ट हाउसमा गएकी थिइन् । उनी गेस्ट हाउसको तेस्रो तलाबाट खसेकी हुन् ।
प्रहरीले उनीसँगै गेस्ट हाउसमा गएका ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा २३ वर्षीय समीर तामाङ, २० वर्षीया रोजा तामाङ, २१ वर्षीय हिमाल तामाङ र १९ वर्षीया कोपिला तामाङ छन् ।
१८ वर्षीया सलिनालाई योजनाबद्ध धकेलेर खसालिएको हो वा उनी आफैं खसेकी हुन् भन्नेबारे यकिन भएको छैन । शवको पोष्टमार्टम गरेपछि मृत्युको कारण खुल्ने जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक कुमार कार्कीले रातोपाटीलाई बताए । शव पोष्टमार्टमका लागि दुवाकोट स्थित केएमसी अस्पतालमा राखिएको छ । डीएसपी कार्कीले भने, ‘मृतक कसरी खसेकी हुन् भन्ने यकिन भएको छैन ।’
पक्राउ परेकाहरूमाथि प्रहरीले ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । अनुसन्धान गर्दै जाँदा हत्या पुष्टि नभएमा मुद्दा परिवर्तन गरिने अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । सलिनासँगै गेष्टहाउमा गएकाहरूले मादक पदार्थ सेवन गरेको भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण