मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो

मङ्गलबार, ०५ साउन २०८३, १६ : ५७
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • कीर्तिपुरमा कारभित्र जलेका व्यक्तिको पहिचान सुरेशचन्द्र श्रेष्ठको रूपमा भएको छ ।
  • ट्याङ्लाफाँट बस्दै आएका ७० वर्षीय श्रेष्ठले चलाएको बा.५ च ३०३८ नम्बरको कारमा अचानक आगो लागेको थियो ।
  • प्रहरीले आगलागीको कारणबारे अनुसन्धान गरिरहेको छ र मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

काठमाडौँ । कीर्तिपुरमा कारभित्र जलेका व्यक्तिको पहिचान खुलेको छ । कारमा जलेका पुरुष कीर्तिपुरस्थित ट्याङ्लाफाँट बस्दै आएका सुरेशचन्द्र श्रेष्ठ रहेको पुष्टि भएको काठमाडौँका एसएसपी दिलीप घिमिरेले जानकारी दिए । 

 ७० वर्षीय श्रेष्ठ नरदेवी घर भएर कीर्तिपुरस्थित ट्याङ्लाफाँटमा बस्दै आएका थिए । मृतकका परिवारले उनको सनाखत गरेका छन् ।

मंगलबार ट्याङ्लाफाँटस्थित चाँदनी चोकमा उनले चलाएको बा.५ च ३०३८ नम्बरको कारमा अचानक आगो लागेको थियो । आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । श्रेष्ठको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ । सो कार नबिल बैंकबाट ऋण लिएर २०६२ कार्तिक २७ मा किस्तामा खरिद गरेको भेटिएको छ ।

सेतो रङ्गको किया गाडी चाँदनी चोकमा आएर रोकिएको र सुरुमा गाडीभित्रबाट सानो आगो सल्केको देखिएको प्रत्यक्षदर्शीहरू बताउँछन् ।

 अचानक आगो दन्किएपछि प्रहरी र स्थानीयले अग्नि नियन्त्रण यन्त्रहरूको प्रयोग गरेर आगो निभाएका हुन् । घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप