भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
सारांश
- भक्तपुरको घ्याम्पेडाँडास्थित एक होटलमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा भएको कुटाकुटमा एक जनाको मृत्यु भएको छ ।
- विश्वकपको फाइनल हेर्न गएका बर्दियाका २७ वर्षीय राज कार्कीको फुटबल हेर्ने क्रममा विवाद हुँदा कुटपिटबाट गम्भीर घाइते भई उपचारको क्रममा मृत्यु भएको हो ।
- घटनाबारे प्रहरीले ३० जनासँग सोधपुछ गरे पनि हत्यामा संलग्न आरोपीहरू भने पक्राउ परेका छैनन् ।
काठमाडौँ । भक्तपुरको घ्याम्पेडाँडास्थित होटेलमा कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया घर भएर सल्लाघारी बस्दै आएका करिब २७ वर्षीय राज कार्की छन् ।
साउन ४ मा बिहान विश्वकपको फाइनल खेल हेर्न राज कार्की आफ्ना साथीहरूसँग सूर्यबिनायक नगरपालिका–७ स्थित घ्याम्पेडाँडामा पुगेका थिए । फुटबल हेर्ने क्रममा थ्री इडिएट्स होटेलमा विवाद हुँदा कुटाकुट भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक कुमार कार्कीले रातोपाटीलाई बताए । कुटपिटबाट गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा सोमबार नै मध्यपुर अस्पतालमा मृत्यु भएको हो । घटनाबारे प्रहरी वृत्त जगातीले अनुसन्धान गरिरहेको छ ।
समूहमा खाएर बसिरहेको बेलामा विवाद भएको र त्यसपछि ३–४ वटा समूहको बिचमा कुटाकुट भएको थियो । घटनाबारे प्रहरीले ३० जनासँग सोधपुछ गरेको छ । अहिलेसम्म हत्यामा संलग्न आरोपीहरू पक्राउ परेका छैनन् ।
मृतक कार्कीको शव पोष्टमर्टमका लागि दुवाकोट स्थित केएमसी अस्पतालमा राखिएको छ । उनको शरीरमा चोटपटक देखिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण