१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
सारांश
- प्रहरीले नयाँ बसपार्कको गेस्ट हाउसमा मृत भेटिएकी निशा सुनुवारको हत्यामा संलग्न रमेश बुढालाई पक्राउ गरेको छ ।
- आरोपी रमेशले १ लाख रुपैयाँ चोरेको आरोपमा निशालाई कम्मरको पेटीले घाँटी कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
- हत्यापछि शवलाई पलङभित्र व्यवस्थापन गरी दुवै जना रातभर सुतेका थिए र पछि प्रहरीले गन्ध आएपछि घटना पत्ता लगाएको थियो ।
काठमाडौँ । काठमाडौँको नयाँ बसपार्क स्थित गेस्ट हाउसमा मृत भेटिएकी निशा सुनुवारको हत्यामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
२५ वर्षीया सुनुवार साउन ३ मा गेस्टहाउसको कोठामा मृत भेटिएकी थिइन् ।
उनको हत्यामा संलग्न आरोपमा दैलेख घर भएका रमेश बुढालाई पक्राउ गरिएको काठमाडौंका एसएसपी दिलीप घिमिरेले रातोपाटीलाई बताए । कैलालीको धनगढी नगरपालिका वडा नम्बर–७ घर भएर माछापोखरीमा बस्दै आएकी सुनुवारको हत्या गरेर आरोपीले गेस्टहाउसको पलङभित्र शव व्यवस्थापन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
असार ३२ मा बसपार्क स्थित सडकबाट निशालाई गेस्ट हाउसमा लगेर रमेशले हत्या गरेका हुन् । आफैँले लगाएको कम्मरको पेटीले घाँटीमा कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसएसपी घिमिरेले बताए ।
कास्की जिल्लामा बसेर काम गर्दै आएका रमेश बुढा आफ्नो घर फर्किँदै थिए । पोखराबाट दैलेख हिँडेका उनी असार ३१ मा बालाजुस्थित नयाँ बसपार्कमा ओर्लिए ।
बसपार्क स्थित मूल सडकमा भेटिएकी निशाले रमेशलाई सोधिन्, ‘जाने हो ?’ होटलमा गएर सँगै बस्न आग्रह गरेपछि रमेश निशासँग गेस्टहाउसमा जान तयार भए ।
गेस्टहाउसमा गएर दुवै जना कोठामा प्रवेश गरे । कोठामा प्रवेश गरेपछि निशाले भनिन्, ‘तपाई नुहाएर आउनुस् ।’
रमेश नुहाउन बाथरुममा प्रवेश गरेपछि निशाले बाहिरबाट चुकुल लगाइन् । त्यसपछि झोलामा भएको १ लाख रुपैयाँ चोरेर उनी हिँडेको रमेशले अनुसन्धान अधिकृतहरूसँग बताएका छन् ।
घरमा परिवारलाई फोन गरेर उनले आफू पैसा लिएर आउँदै छु भनेका थिए । तर, घर नपुग्दै उनी रकम विहीन भए ।
पैसा चोरी भएपछि उनले आफ्ना साथी दान बहादुर शाहीलाई फोन गरे । शाहीले बसपार्क स्थित अर्को होटलको ४०४ नम्बर कोठा बुक गरेर बसेका रहेछन् । साथीसँग बियर र खाना खाएर उनी निशालाई खोज्न बालाजु, माछापोखरी र बसपार्क क्षेत्रमा निस्किए ।
असार ३२ मा निशा बसपार्क क्षेत्रमा नै भेटिइन् । रमेशले मास्क लगाएका थिए, निशाले चिनिनन् । आफूलाई अघिल्लो दिन बोलाएकै शैलीमा रमेशले निशालाई सोधे, ‘होटलमा जाने हो ?’
त्यसपछि निशालाई लिएर उनी साथीले बुक गरेको होटलको ४०४ नम्बर कोठामा पुग्छन् । कोठामा छिरेर मास्क खोलेपछि आरोपीले निशासँग आफ्नो १ लाख रकम चोरेको बारे प्रश्न गर्छन् । निशाले भन्छिन्, ‘ए तँ पो हो ?’
कोठामा भेटिएको बियरको बोतलले निशाले रमेशलाई प्रहार गर्न खोज्छिन् । तर, रमेशले उनलाई नियन्त्रणमा राखेर आफ्नो कम्मर पेटीले उनको घाँटी कस्छन् ।
निशा अचेत भएपछि आफूलाई प्रहार गर्न खोजेको बोतल उनले निशाको योनीमा पसाइदिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।
- रातभर शवमाथि निदाए
हत्या गरेर रमेशले निशाको शव पलङभित्र व्यवस्थापन गरे । बोतलले निशाको टाउकोमा पनि प्रहार गरेको भेटिएको छ । घटनास्थलमा रगत थिएन । हत्या गरेपछि कोठामा उनका साथी दानबहादुर आइपुगे ।
अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार दानबहादुरले हत्याबारे थाहा पाएनन् । खाना खाएर रमेश र दानबहादुर शव व्यवस्थापन गरिएको पलङमै रातभर निदाए । भोलिपल्ट उनीहरू त्यहाँबाट बाहिरिए ।
साउन १ मा पनि सो कोठा भाडामा लाग्यो । गेस्टहाउसका ग्राहक त्यस दिन पनि सोही बेडमा सुते । तर, हत्याबारे कसैले थाहा पाएनन् । साउन ३ मा कोठा सफा गर्ने क्रममा गन्ध आएपछि गेस्टहाउसका स्टाफले शङ्का लागेर प्रहरीलाई खबर गरेका हुन् । हत्यामा संलग्न आरोपी बुढालाई महाराजगञ्ज स्थित साम्बाला होटल नजिकैबाट पक्राउ गरिएको एसएसपी घिमिरेले जानकारी दिए ।
दानबहादुरलाई पनि प्रहरीले नेपालगञ्जबाट पक्राउ गरेर काठमाडौँ ल्याएर त्यसबारे सोधपुछ गरेको छ । अहिलेसम्मको अनुसन्धानबाट हत्यामा रमेश बुढाको मात्रै संलग्नता देखिएको एसएसपी घिमिरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण