संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
झापा । बिर्तामोड नगरपालिकाले सडकको क्षेत्राधिकार मिचेर बनाइएका अनधिकृत संरचना हटाउन १५ दिने अन्तिम म्यादसहित पुनः ताकेता गरेको छ ।
नगरपालिकाले सोमबार दोस्रोपटक सार्वजनिक सूचना जारी गर्दै बिर्तामोड र अर्जुनधारा नगरपालिकाको सिमाना पर्ने महानन्द चोकदेखि मुक्तिचोक हुँदै देवनियासम्मको सडक क्षेत्रभित्र पर्ने भौतिक संरचना १५ दिनभित्र आफैँ हटाउन अनुरोध गरेको हो ।
सडक विभागको समन्वयमा नापजाँच र रेखाङ्कन कार्य सम्पन्न भइसकेको उक्त सडकको केन्द्र भागबाट दुवैतर्फ १५–१५ मिटर (कुल ३० मिटर) क्षेत्राधिकार तोकिएको छ । यसअघि नगरपालिकाले गत जेठ २७ गते पहिलोपटक ३५ दिने सूचना जारी गरेको थियो । तर, तोकिएको अवधि बितिसक्दा पनि केही घरधनी तथा व्यवसायीहरूले संरचना नहटाएपछि पुनः दोस्रोपटक सूचना जारी गर्नुपरेको नगर प्रशासकीय अधिकृत सागर मिश्रद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
नगरपालिकाले तोकिएको १५ दिनको थप अवधिभित्र संरचना स्वतःस्फूर्त रूपमा नहटाएमा प्रचलित कानुनबमोजिम नगरपालिका आफैँले भत्काउने चेतावनी दिएको छ । यसरी संरचना भत्काउँदा लाग्ने सम्पूर्ण खर्च रकमसमेत सम्बन्धित घर वा जग्गाधनीबाटै असुलउपर गरिने नगरपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण