गड्यौला मलले फेरियो किसानको दैनिकी, अर्गानिक खेतीबाट लाखौँ आम्दानी
दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल उत्पादनमा लागेका कारण उनको दैनिकी बदलिएको हो ।
उनी पहिले ११ कठ्ठा जग्गामा कागती तथा तरकारीखेती गर्ने गर्थिन् । आजकाल भने गड्यौला मल उत्पादनमा व्यस्त छिन् ।
तुलसीपुर उपमहानगरपालिका–१३ बखरियाकी ३४ वर्षीया सुलोचना शेर्पाले झन्डै १८ महिना अघि लिएको तालिम र कृषि भ्रमणले उनलाई रासायनिक मलको विकल्पमा गड्यौला मल बनाउन प्रेरित गर्यो ।
उनी भन्छिन्, “यो मल उत्पादन भएपछि मैले अग्र्यानिक तरकारी उत्पादन गर्ने काम गरिरहेकी छु ।” सुलोचना मात्र होइन, तुलसीपुर उपमहानगरपालिका क्षेत्रका धेरै किसानले गड्यौला मल उत्पादन गरिरहेका छन् ।
अग्र्यानिक खेतीको नेतृत्व गरिरहेका तुलसीपुर–१६ रत्गैँका विनोद चौधरी पनि गड्यौला मल बनाउनमै व्यस्त छन् । उनले बजारमा गड्यौलाको मूल्य र यसबाट बन्ने मलको राम्रो सम्भावना रहेको बताउँछन् ।
हाल गड्यौला प्रतिकिलो रु १२ सयमा बिक्री हुने गरेको छ । यसबाट तयार पारिएको मल प्रतिकिलो रु ३० मा किनबेच हुन्छ । विनोदले पाँच कट्ठामा अग्र्यानिक खेती गरिरहेका छन् ।
उनले गड्यौला, झोल तथा गोबर मलको प्रयोगलाई बढावा दिएका छन् । “म आफैँ पनि गड्यौला मल उत्पादन गर्ने गरेको छु”, उनले भने, “त्यसबाटै पाँच कट्ठामा तरकारीखेती गरेको छु ।”
विगत १२ वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका तुलसीपुर–११ मोतिपुरका दीपक चौधरीले लामो समय रासायनिक मल प्रयोग गरे ।
उनले पूर्ण प्राङ्गारिक मल प्रयोग गरेर तरकारी फलाउन थालेका छन् । तरकारीखेतीबाटै वार्षिक रु चार लाखभन्दा बढी आम्दानी गर्ने जानकारीट्ठ दिँदै उनले भने, “स्थानीय स्रोतसाधन चिन्न र व्यवस्थापन गर्न सके आर्थिक लाभ र स्वरोजगार बन्न सकिन्छ ।”
त्यस्तै, सोही ठाउँका अर्का किसान जुगराम चौधरीले पनि १५ केजी गड्यौलाको प्रयोग गरेर मल उत्पादन सुरु गरेका छन् । वार्षिक रु आठ लाखभन्दा बढी आम्दानी गर्ने उनी गड्यौला मलको प्रयोगले कृषि कर्म झनै बलियो बनेको बताउँछन् ।
रत्गैँकी सुनिता चौधरीले आठ कट्ठामा गरिरहेको अग्र्यानिक खेतीमा गोठे मलसँगै गड्यौला मलको प्रयोग गर्ने गरेको बताइन् ।
वार्षिक रु पाँच लाखभन्दा आम्दानी गर्ने उनी अन्य किसानलाई गड्यौला मल र कम्पोष्ट मल बनाउन प्रेरणा दिँदै आएकी छन् ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका–१६ निवासी शोभा बस्नेतले आफ्नै लागि पाँच किलो गड्यौलाबाट मल तयार पारिरहेको बताइन् ।
गड्यौला मलको प्रयोगबाट उत्पादित तरकारी स्वस्थ र विषादीरहित भएकाले उनले आफ्नै लागि उक्त मल तयार पारेकी हुन् ।
विषादी प्रयोग गरिएको तरकारी हेर्दा चिल्लो देखिने तर अर्गानिक तरकारी त्यति चिल्लो नहुने हुँदा ग्राहकहरू झुक्किने गरेको तुलसीपुर–१६ रत्गैँका विनोद चौधरीले बताए ।
यद्यपि, माटो जोगाउन र गुणस्तरीय उत्पादनका लागि किसानमा उत्साह भने घटेको छैन । “देख्दा विषादी प्रयोग गरेको तरकारी चिल्लो देखिन्छ, प्राङ्गारिक मल प्रयोग गरेको तरकारी फुस्रो देखिन्छ”, उनले भने, “यसले गर्दा ग्राहकले किन्न हिच्किचाउने गरे पनि, विस्तारै बुझ्ने गर्छन् ।”
गड्यौला मलले माटोको स्वास्थ्य सुधार्ने, वातावरण जोगाउने र किसानको आर्थिक स्तर उकास्ने एउटा बलियो आधार बन्ने जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण