कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
सारांश
- नेपाली कांग्रेसले बीपी कोइरालाको स्मृति दिवसका अवसरमा आयोजना गरेको ग्रीन रन प्रतियोगितामा मुकेश बहादुर पाल प्रथम भएका छन् ।
- पालले पाँच किलोमिटरको दुरी १६ मिनेट १५ दशमलव ७ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरेका हुन् ।
- प्रतियोगितामा प्रथम भएका पाललाई कांग्रेस सभापति गगन थापाले ५० हजार नगद पुरस्कार प्रदान गरेका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले आज आयोजना गरेको ग्रीन रन प्रतियोगितामा पुरुष धावकतर्फ मुकेश बहादुर पाल प्रथम भएका छन् । पालले प्रतियोगिताका लागि तय गरिएको पाँच किलोमिटरको धावन मार्ग १६ मिनेट १५ दशमलव ७ सेकेन्डमा पूरा गरेका थिए ।
ललितपुरको युएन पार्कबाट सुरु भएको ग्रीन रन प्रतियोगितामा सहभागीमध्ये विजयी ६ जनालाई कांग्रेस सभापति गगनकुमार थापाले नगद पुरस्कार प्रदान गरेका छन् । प्रथम भएका पाललाई सभापति गगन थापाले ५० हजार नगद पुरस्कार प्रदान गरे ।
त्यसैगरी दोस्रो भएका नरेन्द्र सिंह रावललाई २५ हजार रुपैयाँ प्रदान गरिएको छ भने तेस्रो भएका सञ्जय श्रेष्ठलाई २० हजार प्रदान गरिएको छ। प्रतियोगितामा चौथो भएका गणेश सिंहलाई १२ हजार, पाँचौँ भएका अमृत ठकुरीलाई १० हजार र छैठौ हुनुभएका नागेश्वर अहिरलाई ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।
प्रतियोगितामा सहभागिताका लागि झण्डै १४ सय जनाले नाम दर्ता गराएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण