बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
सारांश
- नेपाली कांग्रेस बाराको पार्टी कार्यालय सञ्चालनको विषयलाई लिएर दुई समूहबिच झडप भएको छ ।
- तत्कालीन जिल्ला सभापति राजेश राय यादव र कार्यवाहक सभापति मनोज भट्ट पक्षका कार्यकर्ताहरूबिच पार्टी कार्यालय परिसरमै झडप भएको हो ।
- झडपका क्रममा केही कार्यकर्ता सामान्य घाइते भएका छन् ।
बारा । नेपाली कांग्रेस बाराको पार्टी कार्यालय सञ्चालनको विषयलाई लिएर दुई समूहबिच झडप भएको छ । तत्कालीन जिल्ला सभापति राजेश राय यादव र कार्यवाहक सभापति मनोज भट्ट पक्षका कार्यकर्ताहरूबिच पार्टी कार्यालय परिसरमै झडप भएको हो ।
पार्टीको केन्द्रीय अनुशासन विभागले तत्कालीन सभापति यादवलाई कारबाही गरेपछि उपसभापति मनोज भट्टलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको थियो । साउन ६ गते पर्ने बीपी कोइरालाको स्मृति दिवसको पूर्वतयारी स्वरूप आज पार्टी कार्यालय सरसफाइ गर्न भट्ट समूहका समर्थकहरू पुगेपछि दुई पक्षबिच विवाद र नाराबाजी सुरु भएको थियो ।
कार्यवाहक सभापति भट्टले पार्टीको निर्णय र नेता गगन थापाको निर्देशनअनुसार आफूले जिम्मेवारी पाएको बताए । 'पार्टीले मलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइसकेपछि कार्यालयको कागजपत्र र भवन बुझ्न आज हामी कार्यालय पुगेका थियौँ,' भट्टले भने, 'तर उहाँहरूले कागजात दिन मान्नुभएन । विशेष महाधिवेशनबाहेक अरूलाई स्वीकार गर्दिनँ भन्दै भवन खाली गर्न अस्वीकार गर्नुभयो ।'
यता, निवर्तमान सभापति राजेश राय यादवसँग यस विषयमा बुझ्न खोज्दा आफू अहिले छलफलमा रहेकाले पछि मात्र कुरा गर्ने बताए ।
पार्टी कार्यालयमा प्रवेश गर्न रोकिएपछि दुवै समूहबिच धकेलाधकेल र ढुङ्गामुढासमेत भएको थियो । झडपका क्रममा केही कार्यकर्ता सामान्य घाइते भएका छन् । स्थिति तनावपूर्ण बन्दा समेत स्थानीय प्रशासन मूकदर्शक बनेको प्रत्यक्षदर्शीहरूले आरोप लगाएका छन् ।
हाल विवाद समाधानका लागि पार्टी कार्यालयमा दुवै समूहबिच छलफल भइरहेको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण