मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
मङ्गलबार, ०५ साउन २०८३, २३ : ४०
सारांश
- मकवानपुर प्रशासनले राहदानीको अनलाइन फारम इन्ट्री स्थगित गरेको छ।
- राहदानी विभागमा नयाँ प्रणाली सुरु भएकाले यो निर्णय लिइएको छ।
- प्राविधिक समस्याका कारण तत्कालका लागि इन्ट्री रोक्न प्रशासनले जनाएको छ।
बागमती । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले जिल्लाबाट गरिने राहदानीको अनलाइन फारम इन्ट्री कार्य केही समयको लागि स्थगित गरेको छ ।
कार्यालयका तर्फबाट प्रशासकीय अधिकृत सन्तोष सुवेदीले आज सूचना जारी गर्दै राहदानी विभागबाट नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने प्रक्रिया सुरु भएको जानकारी दिए ।
नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने प्रक्रिया प्रारम्भिक चरणमा रहेको भन्दै प्रशासनले प्राविधिक कठिनाइका कारण यस कार्यालयबाट अनलाइन फारम इन्ट्री गर्ने कार्य केही समयको लागि स्थगित गर्नुपर्ने भएको जनाएको हो ।
कार्यालयबाट अर्को सूचना जारी नभएसम्मको लागि वैकल्पिक व्यवस्था गर्नुहुन पनि प्रशासनले सबैमा आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण