बेइजिङको वक्तव्यप्रति अमेरिकी चासोः इन्डो–प्यासिफिक मामिलामा नेपाल सरकारसँग जानकारी माग
अमेरिकाले अगाडि सारेको ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ लाई नेपालले अस्वीकार गरेको भन्ने चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिलाई लिएर अमेरिकाले नेपालको धारणा माग गरेको छ ।
‘हामी (यसबारे) नेपाल सरकारका अधिकारीहरुको स्पष्टीकरणको प्रतिक्षामा छौं,’ काठमाडौंस्थित अमेरिकी दूतावासकी प्रवक्ता एन्डी आर्मेन्टले कान्तिपुरसँग भनिन्,‘ बेइजिङस्थित हाम्रो दूतावासलाई पनि हामीले त्यहाँ जारी भएको विज्ञप्तिमा उल्लेखित तथ्यको परीक्षण गर्न भनेका छौं ।’
दुई दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी फर्किएपछि बेइजिङस्थित विदेश मन्त्रालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिहरुमध्ये एउटामा नेपालले ‘आफ्नो भूमिमा चीनविरुद्ध कुनै गतिविधि हुन नदिन अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिलाई अस्वीकार गरेको’ जनाएको थियो । यो समाचार कान्तिपुर दैनिकमा घनश्याम खड्काले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण