कम्युनिस्टको एजेण्डा बोक्ने काँग्रेस विकल्प हुन सक्दैन : कमल थापा
काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कम्युनिस्टको एजेण्डा बोक्ने काँग्रेस मुलुकको विकल्प बन्न नसक्ने बताएका छन् ।
पार्टीको काठमाडौं जिल्लास्तरीय प्रशिक्षक कार्यक्रममा अध्यक्ष थापाले असफल नीति र असफल बाटोमा परिवर्तन आवश्यक भएको चर्चा गर्दै पार्टी र व्यक्ति परिवर्तन होइन नीति र वाटो परिवर्तन जरुरी भएको विचार व्यक्त गरे ।
२०६२÷६३ को आन्दोलन राजा र आन्दोलनकारी शक्तिबीच सम्झौता भएर टुङ्गिएको भन्दै थापाले २०४७ को संविधानमा टेकर संविधानसभाको निर्वाचन हुने र त्यो संविधानसभाले संविधान निर्माण गर्ने सहमति विपरीत संविधानसभाको निर्वाचन अगावै धर्म निरपेक्षता लादिएकोप्रति आपत्ति प्रकट गरे ।
सहमति विपरित दलहरुले देश, जनता र राजालाई धोका भएको थापाको भनाइ थियो । अहिले लथालिङ्ग अवस्थाबाट मुलुकलाई मुक्ति दिनको निमित्त नयाँ विकल्पमा जानुपर्ने भन्दै थापाले विचार, बाटो र संगठन को दृष्टिकोणबाट राप्रपा त्यो शक्ति बन्ने दाबी गरे ।
‘आत्मविश्वास बोकेर हिड्नोस, सक्रियता देखाउनुस राप्रपा वैकल्पिक शक्ति बन्छ,’ थापाले भने ।फरक फरक विचारले प्रजातन्त्रलाई मजबुत बनाउने भन्दै उनले राप्रपा राष्ट्रवादी प्रजातान्त्रिक शक्ति भएको विचार व्यक्त गरे ।
काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाको अध्यक्षतामा भएको प्रशिक्षणमा नेताहरु भुवन पाठक, प्रा.डा.जयन्तनाथ खनाल, रमानन्द न्यौपाने, आशा लामाले प्रशिक्षण दिएको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण