एकताबद्ध भएर पार्टी कार्यमा लाग्नुहोस् : रावल
टंक कुवर
कैलाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले राष्ट्रियतालाई बलियो बनाउन एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तह कमिटीको टुंगो लागेको बताए ।
उनले सुदूरपश्चिम प्रदेश अन्तर्गतका नौं वटै जिल्लाका उपमहानगरपालिका लगायतका सबै नगरपालिका, गाउँपालिका र वडाहरुमा एकीकृत पार्टी कमिटीहरु निर्माण सम्पन्न भएको बताए । ‘सुदूरपश्चिममा पार्टी एकीकरणको काम सम्पन्न भइसकेको छ,’ उनले भने, ‘अब भातृसंगठन एकीकरणको काम पनि छिट्टै टुङ्गो लगाइने छ ।’
उनले जिल्ला, नगरपालिका तथा गाउँपालिकामा कमिटी निर्माण भइसकेकोले विकास निर्माणका काममा सघाउन र पार्टीका राम्रा गतिविधिलाई जनस्तरसम्म लैजान आग्रह गरे ।
दुई दिनसम्म बसेको प्रदेश पदाधिकारीहरुको बैठकले सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहको पूर्ण कमिटीसँगै अधिकांश वडा कमिटीहरु पनि टुङ्गो लगाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
दुई दिनसम्म चलेको बैठकमा प्रदेश इन्चार्ज भीम रावल, स्थायी समिति सदस्य लेखराज भट्ट, प्रदेश अध्यक्ष कर्ण बहादुर थापा, सह–इन्चार्ज लक्ष्मी जोशी, खगराज भट्ट, भानुभक्त जैशी तथा सचिव नेपबहादुर चौधरी सहभागी रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण