अब चेक नकाटी तुरुन्तै भुक्तानी : आरटिजिएसको औपचारिक उद्घाटन
नेपाल राष्ट्र बैङ्कले आजबाट औपचारिक रुपमै रियल टाइम ग्रस सेटलमेन्ट ( आरटीजीएस) प्रणाली लागु भएको घोषणा गरेको छ । यो सँगै चेक नकाटी तुरुन्तै भुक्तानीको व्यवस्थाको शुरुवात भएको छ ।
आरटीजीएसको उद्घाटन गर्भनर डा. चिरञ्जीवि नेपाल र लर्ड मेयर अफ लण्डनका पिटर एलिष्टनले संयुक्त रुपमा गरेका हुन् । युके एडको सहयोगमा यो प्रणाली शुरु भएको हो । प्रणली तयार हुन १८ महिना लागेको छ ।
कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा २० करोड लाइभ ट्रान्जेक्सन गरेर आरजीटिएसको सुरुवात गरेका थिए ।
राष्ट्र बैङ्कका अनुसार २ लाख रुपैयाँभन्दा माथिको भुक्तानी दिँदा चेक नकाटी रियल टाइम भुक्तानी हुनेछ । राष्ट्र बैङ्कले यही भदौ १९ गते आरटीजीएस नियमावली ल्याएको थियो । सोही अनुसार २० गते निर्देशन दिँदै २४ गतेभित्र कार्यान्वयन गर्न निर्देशन दिएको थियो । अहिले २८ वटै वाणिज्य बैङ्कहरु यो प्रणालीमा आइसकेका छन् ।
२ लाख रुपैयाँ भन्दा बढी भुक्तानी गर्दा आरटिजिएस लागु स्वेच्छिक र २० लाखभन्दा बढी भुक्तानी गर्दा आरटिजिएस अनिवार्य लागु गर्नुपर्ने राष्ट्र बैङ्कले यसअघि नै स्पष्ट पारिसकेको छ ।
वि.सं. २०७१ साउन ४ मा नेपाल पेमेन्ट सिस्टम जारी भएको थियो । केन्द्रिय बैङ्कको तेस्रो रणनीतिक योजनामा नेपाल राष्ट्र बैङ्कमा आरटीजीएस स्थापना गर्ने उल्लेख भएको थियो ।
२०७३ साउन ३२ मा आरटिजिएस, सिडिएस र राष्ट्रिय भुक्तानी प्रणालीको अध्ययन गर्न कार्यदल गठन भयो । सो कार्यदलले सोही बर्षको चैतमा प्रतिवेदन बुझाएको थियो । त्यसपछि ०७४ साउन २२ गते आरटिजिएस स्थापना गर्ने सम्बन्धमा युकेएड सक्षमलाई टिओर उपलब्ध गराइएको थियो ।
यो विभिन्न चरणसँगैको लामो प्रक्रिया पछि अन्तत प्रणाली कार्यान्वयनमा आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोटको चुच्चे नक्साले ल्याएको नयाँ तरङ्ग : नेपाल–भारत सम्बन्धमा कस्तो असर पर्ला ?
-
पाकिस्तान: सेनाको कारबाहीमा दश सन्दिग्ध चरमपन्थी मारिए
-
उदयपुर सिमेन्टसहित २५ करदाताको नाममा सूचना जारी
-
व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगर र क्याम्पसहरूबिच समझदारी
-
‘फूल लाग्ने समयमा पर्याप्त पानी नभए मकै शत प्रतिशत नोक्सान हुन्छ’
-
प्रिमियर लिगमा चेल्सी र लिभरपुलको गोल वर्षा