चिकित्सा शिक्षा संघर्ष समितिको आन्दोलनमा अनेरास्ववियूको ऐक्यबद्धता
काठमाडौं – सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृ संगठन अनेरास्ववियूले निर्धारित मापदण्डभन्दा बढी शुल्क असुलिकाविरुद्ध चिकित्सा शिक्षा संघर्ष समितिको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।
अनेरास्ववियूका संयोजक ऐन महरले एक विज्ञप्ति जारी गर्दै सो आन्दोलनप्रति आफूहरुको ऐक्यबद्धता जनाकारी दिएका छन् ।
केही दिनदेखि निर्धारित मापदण्डभन्दा बढी शुल्क असुलिकाविरुद्ध चिकित्सा शिक्षा संघर्ष समितिको नाममा स्वतन्त्र विद्यार्थी युनियनले महाराजगञ्ज मेडिकल कलेजको नेतृत्वमा चितवन मेडिकल कलेज, गण्डकी मेडिकल कलेजलगायतका विद्यार्थीले आन्दोलन गर्दै आएका छन् ।
मेडिकल शिक्षाको शुल्क, छात्रवृत, मापदण्डसहितका विषयमा त्रिवी, केयु, मेडिकल काउन्सिल, शिक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा विभिन्न समयमा ज्ञापनपत्र बुझाएको संयोजक महरले बताए । २०७५ चैत ८ गते सरकारले निजी मेडिकल कलेजहरुले लिएको तोकिएको भन्दा बढी शुल्क एक महिनाभित्र फिर्ता गर्न र निजी मेडिकल कलेज समेतको संलग्नतामा शुल्क फिर्ताको अनुगमन गर्न विश्वविद्यालय, मेडिकल काउन्सिल र कलजहरुलाई निर्देशन दिए पनि कार्यान्वयन नभएकोमा अनेरास्ववियूले विरोध जनाएको छ ।
साथै अनेरास्ववियुले अतिरिक्त शुल्क फिर्ता नगरेमा चितवन मेडिकल कलेज र गण्डकी मेडिकल कलेजलगायत सम्बन्धनप्राप्त कलेजमा यो वर्षका लागि लिइने भर्ना खारेज गर्न सरकार र चिकित्सा शिक्षा आयोगसँग माग गरेको छ ।
यस्तो छ विज्ञप्ति

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण