राष्ट्रसङ्घीय महासभामा इरान सहभागी नहुने सम्भावना
एजेन्सी- इरानका राष्ट्रपति हसन रौहानी र विदेश मन्त्री जावाद जारिफ संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी नहुने सम्भावना देखिएको छ ।
राष्ट्रसङ्घीय वार्षिकसभामा सहभागी हुनेगरी उनीहरूले अहिलेसम्म पनि कुनै प्रक्रिया अगाडि नबढाएको इरानी सञ्चारमाध्यमहरूले बुधबार जनाएका छन् ।
“विदेश मन्त्री मोहम्मद जावाद जारिफ आगामी शुक्रबार सेप्टेम्बर २० तारिखका दिन र राष्ट्रपति हसन रौहानी सेप्टेम्बर २३ तारिखका दिन न्यूयोर्क जाने कार्यक्रम थियो, तर उहाँहरूले न्यूयोर्क जानका लागि प्रवेशाज्ञासम्बन्धी प्रक्रिया अगाडि नबढाएकाले जाने सम्भावना देखिएको छैन,” इरानी समाचार संस्थाले लेखेको छ ।
समाचारमा अगाडि लेखिएको छ, “उहाँहरूले यो समाचार तयार पारेको केही घण्टासम्म पनि प्रवेशाज्ञा प्राप्त नगरेमा उहाँहरूको भ्रमण स्वतः रद्द हुनेछ ।”
इरान र अमेरिकाबीचको विवाद चरम उत्कर्षमा पुगेको छ, विवादका विषयमा दुवै देशले वार्ता गर्न अस्वीकार गर्दै आएका छन् ।
यी दुई देशबीच लामो समयदेखि विवाद रहँदै आएकोमा कहिलेकाही कम भए पनि अधिकांश समय चर्किदै आएको छ । उनीहरू एक अर्काका कट्टर आलोचकका रूपमा चिनिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण